गोदावरी खोलामा डुबेर एक बालकको मृत्यु

गोदावरी खोलामा डुबेर एक बालकको मृत्यु

गोदावरीको हाटखोली खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार कैलालीको गोदावरी नगरपालिका ८ हाटखोली खोलामा धनगढी उपमहानगरपालिका ४ उत्तरबेहडी बस्ने लक्ष्मण चौधरीका छोरा अन्दाजी १३ वर्षीय राजिव चौधरीको नुहाउने क्रममा डुबेर सोमवार मृत्यु भएको हो ।

उनलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट टोली खटिई मृत अवस्थामा फेला पारेको प्रहरीले बताएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।