काठमाडौंबाट शैक्षिक भ्रमणमा गएको बस कागबेनीमा दुर्घटना २१ जना घाइते

काठमाडौंबाट शैक्षिक भ्रमणमा गएको बस कागबेनीमा दुर्घटना २१ जना घाइते

मुक्तिनाथबाट जोमसोम आउँदै गरेको बस वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ कागबेनीमा पल्टिँदा २१ जना यात्रु घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी भोजराज पाण्डेले प्रदेश ३०१००६ ख ६२२ नम्बरको बस मुक्तिनाथ सडकखण्डको सेल्फिडाँडामुनि मोडमाथि पल्टिँदा २१ जना यात्रु घाइते भएको जानकारी दिए ।

उनका अनुसार घाइतेहरूको मुस्ताङ अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ । घाइते हुनेमा १४ पुरूष र ७ महिला छन् ।
डीएसपी पाण्डेका अनुसार काठमाडौंको अनामनगरस्थित लिबर्टी कलेजबाट शैक्षिक भ्रमणमा आएका विद्यार्थी सवार बस मंगलबार बिहान ९ बजे दुर्घटनामा परेको थियो ।

ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । बस सडकमै पल्टिएको थियो । प्रहरी र स्थानीयको सहयोगमा बस हटाएर सडक सुचारु गरिएको हो ।