निगमले डिजेल र मट्टितेलको भाउ प्रतिलिटर २ रुपैयाँ घटायो

निगमले डिजेल र मट्टितेलको भाउ प्रतिलिटर २ रुपैयाँ घटायो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा २ रुपैयाँ घटाएको छ । हवाई इन्धनको भने आन्तरिकतर्फ प्रतिलिटर एक र अन्तरराष्ट्रियतर्फ ७ अमेरिकी डलर बढाएको छ ।

मंगलबार बसेको निगम सञ्चालक समिति बैठकले इन्धनको मूल्य घटाउने निर्णय गरेको हो । घटेको मूल्य आज राति १ बजेदेखि लागू हुनेछ ।

इण्डियन आयल कर्पोरेशनले आज पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ०.२ र २.४५ ले घटाएर तथा हवाई इन्धनको मूल्य प्रतिलिटर १.१८ रुपैयाँले बढाएर पठाएकाले इन्धनको मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

निगमले पेट्रोल र एलपीजी ग्यासको भाउ भने यथावत्‌ राखेको छ ।