बैतडीमा वनमा लागेको डढेलो घरमा सल्कियो २ लाखको क्षति

बैतडीमा  वनमा लागेको डढेलो घरमा सल्कियो २ लाखको क्षति

 बैतडीमा वन लागेको डढेलो घरमा सल्किएको छ । सिगास सामुदायिक वनमा लागेको आगो सिगास गाउँपालिका  ३ ठुलसैनि धारका स्थानीय हरि सिंह धामीको घरमा सल्किएको हो ।

बुधवार दिउँसो घरमा आगलागी हुँदा खरले छाएको घर नष्ट हुँदा २ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।