तेघरीबाट लागूऔषधसहित एक युवक पक्राउ

तेघरीबाट लागूऔषधसहित एक युवक पक्राउ

धनगढी  । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ स्थीत तेघरीबाट लागूऔषध खैरो हेरोईनसहित एक युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा २३ वर्षीय रोशन गुरुङ रहेका छन् ।

इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान शाखाबाट खटिएको प्रहरी टोलीले शुक्रबार बेलुकी गुरूङलाई लागूऔषध खैरो हेरोईनजस्तो धुलो पर्दाथसहित पक्राउ गरेको हो ।

गुरुङको घरकोठा खानतलासी गर्दा १ ग्राम ५४० मिलिग्राम लागूऔषध खैरो हेरोईनजस्तो धुलो पर्दाथ फेला पारी उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।