पुर्वीचौकीमा आएको बजेट फिर्ता, बजेट अभावले विद्यार्थि एउटै कोठामा बसेर पढ्न बाध्य

पुर्वीचौकीमा आएको बजेट फिर्ता,  बजेट अभावले  विद्यार्थि एउटै कोठामा बसेर पढ्न बाध्य

डोटी । डोटीको एक विद्यालयमा १ देखी ५ कक्षाका विद्यार्थि एउटै कोठामा राखेर पठन पाठन हुँदै आएको छ ।पुर्वीचौकी गाउपालिका वडा नं. ४ सानागाउमा रहेको सरस्वती आधारभूत विद्यालयको भवन जिर्ण हुदाँ यसरी पठन पाठन भइरहेको हो ।
कक्षा ८ सम्म पठनपाठन हुने उक्त विद्यालयको भवन २०७९ सालमा गएको भुकम्प र बेलाबेलामा जाने पराकम्पले चिरा पारेर जिर्ण भएपछि यस्तो समस्या आएको हो ।

२०५४ सालमा स्थानिय र विद्यालयको आन्तरीक सहयोगमा निमार्ण भएको उक्त विद्यालयको भवन पुरानो र जिर्ण अवस्था रहेको छ ।
भवन पुरानो रहेका भुकम्प र बर्षादको समय आउँदा भत्किने डरले विद्यार्थीहरुलाई एउटै कक्षामा राखेर पढाउनुपर्ने बाध्यता रहेको विद्यालयका निमित्त प्रधानाध्यापक बिष्णु ओझाले बताए ।

कक्षाकोठा भित्र विद्यार्थी राख्न र शिक्षक बसेर पढाउन पनि डर लाग्ने गरेको उनले बताए । हिउँदको केहीँ महिनामा जिर्ण भवनमा र खुल्ला चौरमै विद्यार्थी राखेर पठनपाठन गरिएपनि बर्षादको समयमा चुहिने भएकाले पनठनपानमा समस्या हुने गरेको छ ।
स्थानीय सरकार संग धेरै पटक भवन निमार्णको लागि बजेट माग गरेको भएपनि हालसम्म सुनुवाई नभएको विद्यालय स्रोतको दावी रहेको छ ।

२०१६ सालमा स्थापना भएको उक्त बिद्यालयमा गैरदलित र दलित समुदायका विद्यार्थीहरु गरी १ सय ७३ जना विद्यार्थीहरु पठनपाठन गर्ने गरेका छन् ।