होटल संघ सुदूरपश्चिमको अध्यक्षमा भण्डारी

होटल संघ सुदूरपश्चिमको अध्यक्षमा भण्डारी

धनगढी । होटल संघ नेपाल  (हान) सुदूरपश्चिम प्रदेशको अध्यक्षमा दिनेशराज भण्डारी चयन भएका छन्। 

संघका केन्द्रिय अध्यक्ष बिनायक शाहको सभापतित्वमा आइतवार साँझ भएको कार्यक्रममा साथी होटलका संचालक भण्डारी प्रदेश अध्यक्षमा चयन भएका हुन्।

प्रदेशको ५ सदस्यीय शाखा गठन गरिएकोमा अन्य सदस्यमा चौलानी ग्रुपका प्रबन्ध निर्देशक मानसिंह साउद, फ्लोरा होटलका संचालक पुष्पराज कुंवर, होटल गंगोत्रीका संचालक जगदीश भट्ट र होटल डिभोटीका संचालक ज्ञानेन्द्र गुप्ता चयन भएका छन्। 
देशका सातै प्रदेशमा संघ विस्तार गर्ने अभियान रहेको हानका केन्द्रिय अध्यक्ष शाहले बताए।