कञ्चनपुरमा सेफ्टी ट्याङ्कीमा खसेर एक बालकको मृत्यु

कञ्चनपुरमा सेफ्टी ट्याङ्कीमा खसेर एक बालकको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा सेफ्टी ट्याङ्कीमा खसेर एक बालकको मृत्यु भएको छ।

कृष्णपुर नगरपालिका-३ चित्रपुर बस्ने शिवा रानाको छोरा अन्दाजी १ वर्ष ५ महिनाको लिवनको मृत्यु भएको हो।

सोही ठाउँ बस्ने रमेश रानाको चालु अवस्थामा रहेको ढक्कन खुल्ला गरि राखेको सेफ्टी ट्याङ्कीमा खसेर अचेत अवस्थामा फेला परेका थिए ।

बालकलाई उपचारको लागि धनगढी स्थित मायामेट्रो अस्पताल पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। यस बिषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।