कर्तव्य ज्यान मुद्दामा फरार दुई महिला पक्राउ

कर्तव्य ज्यान मुद्दामा फरार दुई महिला पक्राउ

कञ्चनपुरको कृष्णपुर नगरपालिका ४ की २६ वर्षीया पार्वती सार्की र ३४ वर्षीया ऋतु सार्की पक्राउ परेका छन । उनीहरु हिजो पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार कर्तव्य ज्यान सम्बन्धी कसुर मुद्दामा फरार रहेका उनीहरुलाई २०७७ वैशाख १६ गते कञ्चनपुर जिल्ला अदालतबाट पक्राउ अनुभति भएको थियो ।
दुबै जनालाई इलाका प्रहरी कार्यालय गुलरीयाको टोलीले पक्राउ गरी ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।