शुक्लाफाँटामा चक्रपथ निर्माण अगाडि बढ्यो

शुक्लाफाँटामा चक्रपथ निर्माण अगाडि बढ्यो

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा नगर चक्रपथ सडक निर्माण अगाडि बढाइएको छ।
नगरपालिकाका १२ वटै वडा जोड्ने गरी चक्रपथ निर्माण गरिन लागेको हो। 

नगरपालिकाको पाँच करोड र सङ्घीय सरकारको पाँच करोड गरी रु १० करोडको लागत साझेदारीमा चक्रपथ सडक निर्माण हुन लागेको नगरपालिकाको पूर्वाधार विकास तथा व्यवस्थापन शाखाप्रमुख दीपक धामीले बताए। सडक निर्माणका लागि बोलपत्र आह्वान ई इबिड को कार्य गरिएको छ।

तीन वर्षभित्र सडक निर्माण गर्नका लागि ठेक्का सम्झौता गरिएको उनले बताए।चक्रपथ सडकको कूल लम्बाइ ११ दशमलव सात किलोमिटरमध्ये छ किलोमिटर सडक पहिलो चरणमा निर्माण हुने उनले बताए।