सत्ता र प्रतिपक्षवीच सहमति नजुट्दा प्रदेश सभाको बैठक सातौं पटक स्थगित

सत्ता र प्रतिपक्षवीच सहमति नजुट्दा प्रदेश सभाको बैठक सातौं  पटक स्थगित

 धनगढी – बजेटको बिषयलाई लिएर सदन अवरोध गरिरहेका प्रतिपक्षी सांसदहरुसित सरकारले सहमति जुटाउन नसकेपछि प्रदेश सभाको बुधबारको बैठक समेत स्थगित भएको छ । 
असार १ गते बजेट पेश भएपछि बजेट माथि छलफलका लागि असार ५ गते डाकिएको प्रदेश सभाको बैठक सोही दिन दिन देखि अवरुद्ध हुँदै आएको छ । बुधबार बजेट माथि छलफल हुनै नपाई बैठक छैंटौं पटक स्थगित भयो । बुधबारको बैठक प्रदेश सभा सचिवालयले सूचना टाँसेर स्थगित भएको जानकारी गराएको छ । प्रदेश सभाका सचिव रामसिंह धामीका अनुसार अर्को बैठक असार २१ गते शनिबार राखिएको छ । 
प्रदेश सभाको बैठक सञ्चालन गर्ने जिम्मेवारी सरकारको भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली सांसद भरत खड्काले बताउनुभयो । उहाँले अपारदर्शी रुपमा योजनामा पैंसा राखिएको र अर्थ विविधमा योजनाका नाम नराखेरै बजेट राखिएकोले त्यसलाई बे्रकडाउन गरेर मात्रै पारित गर्नुपर्छ भन्ने आफ्नो दलको अडान रहेको र सो अडानमा सत्तापक्ष सहमत हुन नसक्दा प्रदेश सभाको बैठक अनिश्चित बनिरहेको बताउनुभयो । 
असार २१ गतेका लागि तोकिएको प्रदेश सभाको बैठक स्थगित नहुनेमा आफ्नो विश्वास रहेकोसत्तापक्षका प्रमुख सचेतक तारा लामा तामाङले बताउनुभयो । उहाँले प्रदेशलाई सम्बृद्ध बनाउन प्रतिपक्षको पनि भूमिका रहने भएकोले सदन संचालनमा गैर जिम्मेवार हुन नहुने बताउनुभयो । 
अन्य प्रदेशमा बजेट पारित भइसकेको अवस्थामा सुदूरपश्चिम प्रदेशमा बजेट माथि छलफल समेत प्रारम्भ हुन सकेको छैन् ।