सत्ता र प्रतिपक्षवीच सदन चलाउने सहमतिपछि आइतार देखि सदन सुचारु

सत्ता र प्रतिपक्षवीच सदन चलाउने सहमतिपछि आइतार देखि सदन सुचारु

धनगढी : सत्ता र प्रतिपक्षवीच सहमति भएपछि लामो समयदेखि अवरुद्ध प्रदेश सभाको बैठक आइतबारदेखि सुचारु भएको छ । शनिबार साँझ सरकार र प्रतिपक्षी सांसदहरुवीच सदन सुचारु गर्ने सहमति भएको हो ।

शनिबारको साँझको सहमति अनुसार आइतबार बिहान भएको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्ट र प्रमुख प्रतिपक्षी दलका नेता डा. रण बहादुर रावलले सम्बोधन गर्नुभएको छ । 

आइतबार प्रदेश सभा बैठकमा बोल्दै मुख्यमन्त्री भट्टले बजेटमा कुनै असन्तुष्टि भए सदनमै त्यसमाथि छलफल हुनुपर्ने बताउनुभयो । उहाँले सदनमा छलफल गरेर समाधान निकाल्न सकिने बिषयमा सदन बाहिरबाट समाधानको पहल गरनु उचत नहुने समेत बताउनुभयो ।

बजेट अपारदर्शी भएको भन्दै रातो किताब जलाएर सदन अवरोध गरिरहेका प्रतिपक्षी सांसदहरु तर्फ इशारा गर्दै मुख्यमन्त्री भट्टले विकासका योजना कार्यान्वयन गर्न सबै एकै ठाउँ आउनुपर्ने बताउनुभयो । उहाँले “सदन अवरोध गरेर सममस्याको समाधान हुदैन” भन्नुभयो । 

यस्तै प्रदेश सभाका प्रमुख प्रतिपक्षी नेता डा. रण बहादुर रावलले बबजेटमा गाँभीर त्रुटीहरु रहेका कारण आफुहरुले रातो किताब जलाएर सदन अवरोध गरेको र प्रतिपक्षलाई विश्वासमा लिएर काम गर्ने गरी सरकार सहमत भएकोले आइतबार देखि सदनको अवरोध हटाएको बताउनुभयो । डा. रावलले सरकारले आफुहरुसित गरेको सहमति कार्यान्यन गरेन भने जुनसुकै किसिमको आन्दोलन गर्न तयार रहेको चेतावनी समेत दिनुभयो । 

शनिबार साँझ मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सदन सुचारु गर्ने विषयमा छलफल गरेका सत्ता र प्रतिपक्षवीच सहमति के विषयमा भयो भन्ने चाँही आइतबार सदन बैठकमा खुलाएनन् । सदनमा मुख्यमन्त्री र प्रमुख प्रतिपक्षी नेताले सम्बोधन गरेपछि बजेट माथिको छलफल गर्ने बाटो समेत खुलेको छ ।

आइतबारककै बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले बजेट तथा विनियोजन विधेयक माथि सामान्य छलफल प्रारम्भ होस भनि पेश गरेको प्रस्ताव सदनले सर्वसम्मतिबाट पारित गरेको छ । प्रदेश सभामा सोमबार देखि बजेटममाथि छलफल हुने छ । 

बजेटमा सामान्य छलफल होस भन्ने प्रस्ताव पेश गर्नु अघि आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले बजेटममाा १ हजार रुपैयाको समेत योजना राखिएको भन्ने चर्चा भइरहेकोले एक हजारको योजना राखिएको नभई छपाईमा भएको त्रुटीका कारण त्यस्तो हुन गएको स्पष्टोक्ति दिनुभयो ।