दार्चुलामा भाइबहिनी सगै झुण्डिएको अवस्थामा शब फेला

दार्चुलामा भाइबहिनी सगै झुण्डिएको अवस्थामा शब फेला

दार्चुला : दार्चुलाको एक होटलमा भाइबहिनीले झुण्डिएर आत्महत्या गरेका छ्न् । जिल्लाको शैल्यशिखर नगरपालिका ५ बगौरा बस्ने नातामा भाइबहिनी पर्ने महादेब डागा र मनिसा डागा रावलले सोमबार राती बिष्ट होटल एण्ड लजमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

सोमबार राती लजमा बाँस बस्न आएका महादेव र मनिसा मंगलबार बिहान मात्रै कम्मरमा र घाटिमा डोरि लगाइ पङ्खामा झुण्डिएको अवस्थामा फेला परेका हुन । अन्दाजी बर्ष २० कि मनिसा र २८ बर्षका महादेब बिबाहित हुन् ।

मनिसाको एक दुई महिना अगाडि मात्रै बिवाह भएको र महादेवको घरमा छोराछोरी रहेका छ्न् । घटना बारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरि कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत बहादुर बोहराले जानकारी दिए ।