प्रदेश सभाबाट आगामी आर्थिक बर्षका लागि प्रस्तावित बजेट पारित

प्रदेश सभाबाट आगामी आर्थिक बर्षका लागि प्रस्तावित बजेट पारित

धनगढी : प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि पेश गरेको बजेट बिहीबार प्रदेश सभाबाट पारित भएको छ । असार २१ गते देखि प्रदेश सभामा शुरु भएको बजेट माथिको छलफल सकिएपछि बजेट सभाबाट पारित भएको हो । 

बजेट पारित गर्ने प्रस्ताव निर्णयार्थ पेश हुँदा विपक्षमा आवाज नआएपछि सभामुख अर्जुन बहादुर थापाले सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभयो । बिहीबार प्रदेश सभाको बैठक दुई पटक चल्यो । बिहान साढे ८ बजेको बैठकमा बजेट माथि सांसदहरुले आफ्ना धारणा राख्नुभयो भने साँझको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले बजेट माथि छलफलका क्रममा सांसदहरुबाट उठेका प्रश्नहरुको जवाफ दिनुभयो ।

सदनमा जवाफ दिँदै मन्त्री बोहराले प्रदेश सरकारले  आवश्यकता र औचित्यको आधारमा बजेट बिनियोजन गरेको बताउनुभयो । उहाँले प्रदेशको विकासका लागि सरकार गम्भीर रहेको र प्रदेशकै गौरवको आयोजनाको रुपमा एउटा जलविद्युत आयोजना बनाउने गरी प्रदेश रकार अगाडि बढेको जानकारी दिनुभयो ।

“सार्वजनिक निजी साझेदारीका आरधारमा हामी एउटा जलविद्युत आयोजना अगाडि बढाउने तयारीमा छौं त्यसका लागि संघीय सरकारको उर्जा सिचाई तथा जलस्रोत मन्त्रालयसित कुरा भइरहेको छ”– मन्त्री बोहराले भन्नुभयो ।