धनगढीमा १ हजार क्षमताको अत्याधुनिक सभाहल निर्माण गरिदै

धनगढीमा १ हजार क्षमताको अत्याधुनिक सभाहल निर्माण गरिदै

धनगढी । ठुला सभा समारोह आयोजना गर्न हलको अभाव रहेको धनगढीमा १ हजार क्षमताको अत्याधुनिक सभाहल बनाईने भएको छ ।

भवन संहिता तथा सरकारी भवन निर्माण अन्तर्गत शहरी विकाश तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीले ४० करोडको लागतमा अत्याधुनिक सुविधा सहितको अन्डर ग्राउण्ड पाकिङ सहितको सभाहल बनाउने भएको हो ।

त्यसका लागि असोज महिनामा निर्माण व्यवसायीसग सम्झौता गरेर असोजको अन्तिम सातादेखि काम सुरु गर्ने उदेश्य लिईएको शहरी विकाश तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीका प्रमुख रविन्द्र बोहराले जानकारी दिनुभयो । 

धनगढी उपमहानगरपालिका वडा नम्बर ८ को भाषा स्कुल नजिकै सुविधा सम्पन्न एक हजार क्षमताको सभाहल  बनाइने छ  ।  असोज देखि काम शुरु सुविधा सम्पन्न सभाहलको ३० महिना भित्र निमार्ण कार्य सम्पन्न गरिने बोहराले बताउनुभयो । 

हाल धनगढीमा विभिन्न सभा समारोह आयोजना गर्नका लागि हलको अभाव रहेको छ । जसका कारण यहाका होटल तथा मुख्य सकडमै आवातजावत बन्द गरि कार्यक्रम गर्नुपर्ने बाध्यता रहेको छ । उक्त हल निर्माणपछि भने सभासमारोह गनका लागि सहज हुने अपेक्षा लिईएको बोहराले बताउनुभयो ।