हरैयाबाट जवर्जस्ती सुकुम्बासी हटाइदै गरेको बिषय प्रदेश सभामा प्रवेश

हरैयाबाट जवर्जस्ती सुकुम्बासी हटाइदै गरेको बिषय प्रदेश सभामा प्रवेश

धनगढी : केही दिन देखि चर्चामा रहेको हरैया काण्डले सुदुरपश्चिम प्रदेश सभामा पनि प्रवेश पाएको छ । बिहीबार प्रदेश सभाको बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरत बहादुर खड्काले हरैयामा भएको घटनामा प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।

हरैयामा बसिरहेका सु्कुम्बासीलाई बर्खाको समयमा बाउन्सर लगाएर धपाउने काम भइरहेको मिडियामा चर्चा भइरहेकोले त्यतातिर प्रदेशको सरकारले ध्यान दिन्ुपर्ने सांसद खड्काले बताउनुभयो ।

“कानून अनुसार अर्काको ब्यक्तिगत सम्पति कसैले पनि कब्जा गर्न पाउँदैन । तर त्यसलाई हटाउने पनि तरिका हुन्छ । राज्यले कानून अनुसार हटाउनुपर्छ, कसैले गुण्डा लगाएर हटाउने कामलाई उपयुक्त मान्न सकिदैन ।”– उहाँले भन्नुभयो । हरैयामा रहेका सुकुम्बासी परिवारलाई कसले त्यहाँ बसालेको हो र अहिले फेरी किन हटाउँदै छ भन्ने प्रश्न महत्वपूर्ण रहेको भन्दै सांसद खड्काले बर्खामा बिचल्ली हुने गरी हरैयाबाट बाट मानिसहरु धपाउने काम तत्काल रोकेर कानून अनुसार काम गर्न गर्न माग गर्नुभयो ।

सरकारले हरेकको जीउधनको रक्षा गर्ने सरकारको दायित्व भएकोले सरकारले कानूनी रुपमा नै त्यसलाई ब्यवस्थित गर्न आवश्यक रहेकोले पैदेश सरकार त्यसमा अग्रसर हुनुपर्ने उहाँले बताउनुभयो । 

सांसद खड्काले शिक्षकको कुटाईका कारण मृत्यु भएका कञ्चनपुरका विद्यार्थी माधव कलौनीका आफन्तलाई उचित क्षतिपुर्ति दिएर उनको शबको सदगत गर्ने तर्फ प्रदेश सरकारको ध्यान जानुपर्ने बताउनुभयो । घटनापछि पोष्र्टमार्टमका लागि महाकाली अस्पतालमा राखिएको कलौनीको शब हाल सम्म अस्पतालबाट उठ्न सकेको छैन् ।