आयुर्वेद प्रतिष्ठान स्थापना गर्ने सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक प्रदेश सभाबाट पारित

आयुर्वेद प्रतिष्ठान स्थापना गर्ने सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक प्रदेश सभाबाट पारित

धनगढी : सुदूरपश्चिम प्रदेशमा आयुर्वेद प्रतिष्ठान स्थापना गर्ने सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक २०७६ शुक्रबार प्रदेश सभाबाट पारित भएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले प्रस्तुत गरेको विधेयकमा प्रदेश सभाको सामाजिक विकास समितिले दफावार छलफल गरी बिहीबार प्रदेश सभामा प्रतिवेदन प्रस्तुत गरेको थियो ।

प्रतिवेदन माथि सभामा छलफल भएपछि समितिले संशोधन गरेका बुँदाहरु समेत विधेयकको अंग बनाई पारित गरिएको हो । विधेयक पारित भएपछि प्रदेश प्रमुखबाट प्रमाणित भएपछि ऐनको रुपमा कार्यान्वयनममा आउने छ । यो ऐन कार्यान्वयनमा आएपछि प्रदेशमा आयुर्वेद अध्ययनका लागि प्रतिष्ठान स्थापना गर्ने बाटो खुल्ने छ ।

विधेयक पारित हुनु अघि विधेयकक माथि दफावार छलफल गरी समाजिक विकास समितिले पेश गरेको प्रतिवेदन माथि सांसदहरु बलदेब रेग्मी, भरत बहादुर खड्का र मालामति राना थारु लगायतले बोल्नुभएको थियो । सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै प्रदेशमा रहेको जडिबुटीको सही सदुयोगका लागि आयुर्वेदको पढाई आवश्यक देखेर प्रदेश सरकारले विधेयक तयार गरी आयुर्वेद प्रतिष्ठान स्थापना गर्ने लक्ष्य राखेको बताउनुभयो ।

यस्तै प्रदेश सरकारले पेश गरेको प्रदेश लोक सेवा आयोग सम्बन्धी विधेयक माथि प्रदेश सभाको प्रदेश मामिला तथा विधायन समितिमा दफावार छलफल भइरहेको छ । विधायन समितिका सभापति नेपालु चौधरीका अनुसार तीन दिन देखि विधेयकका हरेक दmाहरुमा छलफल भइरहेको छ ।

शुक्रबार बिहान बसेको समितिको बैठकमा लामो छलफल भएको र आइतबार बैठक बसी प्रतिवेदन तयार गरी प्रदेश सभा सचिवालयमा दर्ता गर्ने गरी तयार गरिरहेको सभापति चौधरीले बताउनुभयो ।