उपभोक्ताको हितलाई ध्यानमा राख्न ब्यवसायीहरुलाई मुख्यमन्त्री भट्टको अनुरोध

उपभोक्ताको हितलाई ध्यानमा राख्न ब्यवसायीहरुलाई मुख्यमन्त्री भट्टको अनुरोध

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिचोलन भट्टले बजारमा बिक्री हुने बस्तु तथा सेवा उपभोक्ताको हितलाई ध्यानमा राखेर हुनुपर्ने बताउनुभएको छ । मुखयमन्त्री भट्टले सोमबार धनगढीमा राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको उपभोक्ता मानव अधिकारको अवस्था बिषयक कार्यक्रममा यस्तो बताउनुभएको हो ।

उहाँले बजारमा बस्तु तथा सेवाका बिक्रेताहरुले आफ्नो मात्रै हितलाई केन्द्रमा राखेर काम गरिरहेको पाइएकोले उपभोक्ताको हितलाई ध्यान दिनु महत्वपूर्ण रहेको बताउनुभयो । उपभोग गर्ने सन्दर्भमा आम उपभोक्तामा सचेतनाको कमी रहेकोले पनि उत्पादकहरुले सहजै आफ्नो बस्तु उपभोक्ताहरु समक्ष पु¥याउन सकिरहेको उहाँले बताउनुभयो । 

कार्यक्रममा उपभोक्ता अधिकारकर्मी तथा उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले उपभोक्ताले राज्य संयन्त्रबाट परिवर्तन चाहिरहेको बताउनुभयो । उहाँले आmुले पैंसा हालेर किनेको सामानको गुणस्तरबारे राज्यले चासो राखिदेओस भनने चाहना उपभोक्तामा रहेको बताउनुभयो । 

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारीले उपभोक्ताको अधिकारलाई संविधानमा मौलिक हकका रुपमा राखिएकोले मानव अधिकार आयोगले उपभोक्ताको हक हितमा पनि काम शुरु गरेको बताउनुभयो । 

सुदूरपशिचमम प्रदेशका नौ वटै जिल्लाका सदरमुकामका स्थानीय तहका प्रमुख, जिल्ला समन्वय समिमतिका प्रमुख र कैलालीका मुख्य बजारहरुमा रहेका स्थानीय तहका प्रमुखहरुको उपस्थितिमा भइरहेको कार्यक्रममा अछामको मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले आफुले सपथ ग्रहण गरेपछिको पहिलो कार्यपालिका बैठकबाटै उपभोक्ता हितलाई संरक्षण गर्ने निणैय गरेको बताउनुभयो । 

यस्तै जिल्ला समन्वय समिति बाजुराका प्रमुख नरेन्द्र रोकायाले बजारमा अनुगमन गर्न आफुहरुले कानूनी रुपमा अधिकार नपाएकोले समस्या रहेको बताउनुभयो । 

कार्यक्रममा जनप्रतिनिधिहरुले संघीय सरकारले ल्याएको उपभोक्ता हित संरक्षण ऐन जस्तै आ–आफ्नो स्थानीय तहमा कानून बनाएर उपभोक्ता अधिकार संरक्षण गर्ने प्रतिबद्धता जनाएका छन् ।