"भट्टराईले मिलेर बसेका समुदायलाई उक्साए" : रावल

"भट्टराईले मिलेर बसेका समुदायलाई उक्साए" : रावल

धनगढी : नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भीम रावलले टीकापुरमा आयोजित थरुहट सम्मेलनमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले दुई समुदायलाई एक आपसमा लडाउने खालको अभिब्यक्ति दिएको बिषय दोहो¥याउनुभएको छ । 

बुधबार धनगढी स्थित नेकपाको प्रदेश कार्यालयमा पत्रकारहरुसित कुरा गर्दै नेता रावलले मिलेर बसेका समुदायलाई एक आपसमा लडाउने गरी, सदभाव बिगार्ने गरी फेरी आन्दोलन गर्न पूर्व प्रधानमन्त्री भट्टराईले उक्साएको आरोप लगाउनुभयो ।

केही दिन अघि राजधानीमा सामाजिक सञ्जाल ट्वीटर मार्फ समेत रावले सोही अभिब्यक्ति दिनुभएको थियो । उहाँलाई प्रतिवाद गर्दै पूर्व प्रधानमन्त्री भट्टराईले ट्वीटर मार्फत नै अधिकार र थारुको जग्गा खोसेर सद्भाव नहुने बताउनुभएको थियो ।

नेकपाको स्थायी समितिका सदस्य रावलले अधिकार र पद दिनुपर्ने बेलामा नदिने, तर मिलेर बसेका समुदायलाई लडाउन उक्साउने काम भट्टराईले गरेको आरोप वगाउनुभयो । उहाँले आफ्नो पार्टीले कैलाली लगायतका थारु बहुल जिल्लाबाट हरेक स्थानमा थारुको प्रतिनिधित्व सबैभन्दा बढी गराएको जिकिर गर्नुभयो ।

उहाँले कम्युनिष्ट पार्टी छोडिसकेका पूर्व प्रधानमन्त्री डा. भट्टराई आवद्ध दलले कति जना थारुलाई राजनीतिक निकामा प्रतिनिधित्व गरायो भन्दै प्रश्न गर्नुभयो ।  

टीकापुरमा भट्टराईले दिको अभिब्यक्ति बिखण्डनकारी भएको समेत उहाँको भनाई छ । नेता रावलले फरक प्रसंगमा सुदूरपश्चिम प्रदेशमा बिनासलाई रोकेर विकास गर्ने कुरामा जनप्रतिनिधि सचेत रहनुपर्ने बताउनुभयो ।

उहाँले आफ्नो पार्टीका तर्फबाट निर्वाचित स्थााीय तहका जनप्रतिनिधिहरुलाई पार्टीले छिट्टै दीगो विकासका योजना अगाडि बढाउन  र विकनास रोक्न निर्देशन दिने बताउनुभयो ।