‘सुप आईडल सिजन–२’ को अडिसन असोज २५ गतेदेखि

‘सुप आईडल सिजन–२’ को अडिसन असोज २५ गतेदेखि

धनगढी : ‘सुप आईडल सिजन–२’ को अडिसन असोज २५ गतेदेखि सुरु हुने भएको छ । 

आयोजक तिलक फिल्म प्रा.लि.ले सोमवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आईडलबारे जानकारी दिएको हो । असोज २५ गतदेखि प्रदेश ७ का नौ वटै जिल्लामा अडिसन गरिने आयोजकले जनाएको छ । 

कार्तिक ९ गतेसम्म अडिसन गर्ने र त्यसपछि दोस्रो राउण्डदेखि धनगढीमा छनौट गरिने तिलक फिल्म प्रा.लि. प्रबन्ध निर्देशक दिपक जोशीले बताउनुभयो । उत्कृष्ट ३० प्रतिस्पर्धि छनौटपछि भोटिङ सुरु गरिने छ । 

प्रतिस्पर्धि छनौट गर्दा ६० प्रतिशत भोटिङ र ४० प्रतिशत प्रतिभालाई मुल्याङन गरिने छ । क्षमता भएरपनि पैसा र स्थान नपाएका प्रतिभालाई उजागर गर्नका लागि आयोजना गरिन लागिएको सुप आईडल सिजन–२ मा पुरुस्कार राशि पनि तेव्वरले बढाईएको छ । 

प्रथम सुप आईडल विजेतालाई २५ हजार रुपैया दिईएको थियो भने सुप आईडल सिजन–२ को विजेताले १ लाख पुरुस्कार पाउने छ । त्यस्तै, दोस्रो र तेस्रो हुनेले क्रमशः ५० र ३० हजार रुपैया पुरुस्कार पाउनेछन ।

पहिलो, दोस्रो र तेस्रो हुनेले एक गित रेकड गर्न पाउने जोशीले जानकारी दिनुभयो । आईडलको तयारी पनि सुरु गरिएको आयोजकले जनाएको छ ।