प्रदेश सभाको संसदीय समिति द्धारा तीन वटा बनमा अनुगमन

प्रदेश सभाको संसदीय समिति द्धारा तीन वटा बनमा अनुगमन

धनगढी : कैलाली जिल्लाको भारताल बन क्षेत्रका सामुदायिक वनमा लागू गरिएको बैज्ञानिक बन ब्यवस्थापन कार्यक्रममा नाममा अनियमित रुपमा रुख काटिएको उजुरी पछि शुक्रबार प्रदेश सभाको संसदीय समितिले ती सामुदायिक बनहरुको अनुगमन गरेको छ । 

प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले भारताल बन क्षेत्रका गणेश सामुदायिक बन, कैलाश सामुदायिक बन र शितलझाडी सामुदायिक बनको अनुगमन गरेको हो । समिति समक्ष आएको उजुरीमा अन्य सामुदायिक बनको नाम पनि उल्लेख रहे पनि बाँकी मा समय अभावका कारण शुक्रबार अनुगमन गर्न नसकिएको समितिका सदस्य महेशदत्त जोशीले बताउनुभयो । उहाँले बाँकी क्षेत्रमा केही दिनमै अनुगमन गरिने जानकारी दिनुभयो । 

धनगढी उपमहानगरपालिकाको वडा नम्बर १६ मा रहेको गणेश सामुदायिक बनमा आम उपभोक्ताको विरोध रहँदा रहँदै पनि रुखहरु काटिएको भारताल साझेदारी बन ब्यवस्थापन कार्यक्रमको बैज्ञानिक बन ब्यवस्थापन बिरुद्धको संघर्ष समितिका संयोजक ओम प्रसाद शर्माले अनुगमन समिलिाई बताउनुभयो । 

आम उपभोक्ताले गरेको हस्ताक्षरमा सादायिक बनका अधयक्ष लक्षमण चौधरीले पनि हस्ताक्षर गर्नुभएको छ । अध्यक्ष चौधरीले आफुलाई झुक्याएर हस्ताक्षर गराएको बताएपछि समितिले उहाँसित सवाल जवाफ गरेको थियो । 

समितिले धनगढी उपमहानगरपालिकाको वडा नम्बर १५ को कैलाश सामदायिक बन र कैलालरी गाउँपालिका वडा नम्बर २ को शितलझाडी सामदायिक बन पनि अनुगमन गरेको छ । शितलझाडीमा भने आम उपभोक्ताहरु बैज्ञानिक बनको पक्ष र बिपक्षमा बिभाजित रहेका छन् ।

समितिले गरेको अनुगमन पछि सभापति हर्क बहादुर कुँवरले उजुरी आएको अन्य बन क्षेत्र पनि अध्ययन गरेर मात्रै प्रतिवेदन तयार गरिने जानकारी दिनुभयो । उहाँले बन क्षेत्रका बिज्ञ र अन्य सरोकारवालाहरुको समेत उपस्थितिमा अनुगमन गरिएको र केही समस्याहरु बुझिएको र बाँकी थप अनुगमन पछि समितिको बैठकमा छलफल गरिने बताउनुभयो । 

शुक्रबार गरिएको अनगुमनमा प्रदेशका वन निर्देशक हेमराज विष्ट, निमित्त डिभिजनल बन अधिकृत राधिका बोहरा, उद्योग पयर्टन वन तथा वातावरण मन्त्रालयका अधिकृत भरत श्रेष्ठ सहित प्राकृति स्रोत समितिका सदस्य महेशदत्त जोशी, देवराज पाठक र प्रदेश सांसद तथा विधायन समिति सभापति नेपालु चौधरी र सुशिला बुढाथोकीको समेत सहभागिता थियो ।