आदरणीय श्री श्रीमान ज्यु
हजुरको कोमल चरणमा
दुबैहातका दस औलाहरु सहित को यो शिर राखेर
सादर ढोग स्विकार्नु होला ।।
हजुरको पाउ मेरो शिरलाइ
यति प्यारो लाग्न थालेको छ,
की अब त यो शिर नै काटेर
हजुरको पाउमै एउटा डोरीले
कसेर राखिदिउ जस्तो लाग्छ
ताकी यसरी पटक पटक
झुकी रहनु नपरोस मलाइ,
मेरो यहि शिरको कारणले ।।
विहान सबेरै उठेर पाउ छुनुपर्ने ,
एक कप चिया बोकेर, कोठामा पुगेर,
चिया संगै ढोग राखेर जानुपर्ने
मन्दीरमा भगवानको पाउछोएर
भगवानलाइ पनि ढोग्न जानै पर्ने
सासु ससुरालाइ एका बिहानै
घुम्टो ओढेर मुख छोपेर
पाउ छोएर ढोग्नै पर्ने ।।
मन्दिरबाट फर्कीदा कलस
नामको धातुमा धाराबाट
पानी बोकेर आउनु पर्ने,
अनि आदरणीय श्री श्रीमान जी को
खुट्टा धोएर पानी खाएर
पति व्रता नारी भनेर चिनिनु पर्ने ।।
श्रीमान जी ले साझपख
टन्न रक्सी खाएर सडकमा
कुकुरको आचीमा
कुल्चेर आउनु भएको रहेछ,
रातभरि सुत्नै मुस्कील मलाइ,
बिहान त्यहि खुट्टा धोएर
पवित्र जल सम्झेर मैले खानै पर्ने
श्री श्रीमानलाइ सुत्दा ढोग्नै पर्ने
बिहान उठदा ढोग्नै पर्ने
अफिस जादा टाइ कोट,
पाइन्ट, बेल्ट जुत्ता चिटिक्क पारेर
खुट्टामै ढोगेर पठाउनु पर्ने अनि
आउदा पनि साझ ढोग्नै पर्ने
चाडबाडमा घरको जिम्मेवारी अलग
ढोग्ने जिम्मेवारी अगल, ढोग्नै पर्ने
ढोगको अर्थ
सम्बन्ध सुमधुर रहोस
आयु लामो दिर्घ रहोस
माया पिरति फुल्दै जावस
भन्ने एउटा संस्कार र सम्मान
न हो जो शिरले नभै
सफा मनले गर्न सकिन्छ
तर श्री श्रीमान जी को
हरेक दिनको यातना
सासु ससुराको कचकच
आफन्त को घोचपेचले
अब त कैले ढोग्न नपरोस
भन्ने बर माग्ने व्रत बस्न मन छ ।।
ढोगका भोगी आदरणीय
श्री श्रीमान ज्यु सुन्नुस अब
ढोगलाइ आफ्नो जन्मसिद्ध
अधिकार न सम्झीनु होला
संस्कार पनि नसम्झीनु होला
ढोगले आफूलाई माहान बनाउछ
पनि नसम्झी दिनुहोला
बस आफ्नो दायित्व कुशलता
पुर्वक निर्वाह गर्नु होला
स प्रेम मलाइ आफ्नो सहयात्री सम्झीनु होला
म पनि हजुरलाइ स प्रेम सहित नमस्कार गर्ने छु ।।
यमराज जोशी