डोटीमा मानव बेचबिखनविरुद्धको अभियान शुरु

डोटीमा मानव बेचबिखनविरुद्धको अभियान शुरु

डोटी-मानव बेचबिखन तथा ओसारपसारविरुद्धको अभियान आजबाट डोटीमा शुरु गरिएको छ । उक्त अभियान एक सातासम्म मनाइने भएको छ ।

जिल्लाका सरोकारवाला र स्थानीय नागरिकको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले उक्त अभियानको आजबाट शुरुवात भएको जानकारी दिए ।

विशेषगरी महिला र बालबालिका बेचविखनविरुद्धमा उक्त अभियान बढी केन्द्रित हुने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । उनले भने, “हामीले सञ्चालन गर्न लागेको अभियान महिला बेचबिखनविरुद्धमा बढी केन्द्रित हुनेछ, जसले गर्दा महिला बेचबिखन तथा ओसारपसारको अन्त्य गर्न सहयोग हुनेछ ।”

अभियानका क्रममा स्थानीयलाई मानव बेचबिखन तथा ओसारपसारविरुद्धबारे जानकारी दिइने र सन्देशमूलक पर्चा वितरण गरिने योजना रहेको उनले जानकारी दिए ।

यसपछिका दिनमा सन्देशमूलक माइकिङ, विद्यार्थीसँग छलफल, प्लेकार्डसहित बजार परिक्रमा गर्नेलगायतका कार्यक्रम गरिने उनले बताए ।