"संसदीय अभ्यास" र "दिगो विकास लक्ष्य" सम्बन्धी युवाहरुहरुलाई सहजिकरण

"संसदीय अभ्यास" र "दिगो विकास लक्ष्य" सम्बन्धी युवाहरुहरुलाई सहजिकरण

धनगढी । धनगढीमा बिभिन्न समुहमा आवद्ध युवाहरुलाई संसदीय अभ्यास सम्बन्धी जानकारी दिन तीन दिने तालिम आयोजना गरिएको छ ।

एसोसिएसन अफ युथ अग्रनाइजेसन आयोनको आयोजनामा भएको तालिममा सयुक्त राष्ट्र संघीय विकास कार्यक्रमले सहयोग गरेको छ । 
सुदूरपश्चिम प्रदेशमा सात जिल्लाका ३० जना युवा सहभागी कार्यक्रममा युवाहरुलाई नेतृत्व विकासबारे प्रशिक्षण दिइएको थियो । संघीय संसद र प्रदेश सभाले काम गर्ने तरिका, त्यहाँ हुने प्रतिनिधित्व र संसदीय समितिहरुले सरकारका काम कार्वाहीहरुमा गर्ने निगरानी र अनुगमनका बारेमा युवाहरुलाई जानकारी दिइएको थियो ।

 आयोनका पूर्व केन्द्रीय सदस्य तपराज जोशीका अनुसार प्रशिक्षार्थीहरुलाई तालिमकै क्रममा सुदूरपश्चिम प्रदेश सभाको समेत अवलोकन गर्ने अवसर दिइएको थियो । तालिममा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको संसद सहयोग परियोजनाका प्रमुख दिलादत्त पन्त सहित बिष्णु खत्री र पवन रायले सहजीकरण गर्नुभएको थियो ।

आयोनका अध्यक्ष जगदिश ऐरले तालिमको समापन गर्दै सम्पुर्ण सहभागी र सहयोगीहरु लाई धन्यावाद ज्ञापन गर्नुभएको थियो ।