धनगढीमा "किचन सप" सञ्चालनमा

धनगढीमा "किचन सप" सञ्चालनमा

धनगढी । भान्सा संग सम्बन्धीत सम्पुर्ण सामाग्री अव धनगढी मै उपलव्ध हुने भएको छ । धनगढीको चौराहामा होटेल तथा घरायसी भान्साका प्रयोजनमा प्रयोगहुने भाडाकुडा सहित सम्पुर्ण सामानहरु उपलब्ध गराउने उदेश्य सहित सिम्रन किचन कन्सर्न सञ्चालनमा आएको छ । 
कन्सर्नको एक कार्यक्रमका विच कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर र होटल व्यवसायी संघ, कैलालीका अध्यक्ष कलम बमले उद्घाटन गर्नुभयो । 
पछिल्लो समयमा ठुलो उद्योगका रुपमा फष्टाउदै गएको होटल व्यवसायमा आवश्यक सामाग्रीहरु किन्न काठमाण्डौ र भारत जानुपर्ने वाध्यता हटेको भन्दै कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष कुँवरले खुशी व्यक्त गर्नुभयो ।
 सिम्रन किचन कन्सर्नका सञ्चालक राजेन्द्र शाहीले यस क्षेत्रको होटेल तथा भान्साका लागी नयाँ तथा आर्कषक शैलीका सामाग्रीहरु उपलब्ध गरिने बताउनुभयो । उद्घाटन समारोहमा यस क्षेत्रका होटल व्यवसायी, उद्योगी तथा अन्य व्यपारीहरुको समेत सहभागीता रहेको थीयो ।