जिल्ला मालपोत कार्यालय डोटीमा पहिलोपटक अनलाइन सेवा सुरुः कृष्णा शाही पहिलो सेवाग्राहीका रूपमा सम्मानित

जिल्ला मालपोत कार्यालय डोटीमा पहिलोपटक अनलाइन सेवा सुरुः कृष्णा शाही पहिलो सेवाग्राहीका रूपमा सम्मानित

धनगढी । डोटीको जिल्ला मालपोत कार्यालयमा शुक्रबारदेखि अनलाइन सेवा सुरु भएको छ । 

अभिलेखहरू कम्प्युटरकृत गरी सुरक्षित राख्ने उद्देश्यले अनलाइन सेवा सुरू भएको मालपोत कार्यालयले जानकारी दिएको छ । केआईसिंह गाउँपालिका १ कि कृष्णा शाहीको अनलाइन मार्फत प्रविष्ट गरेको लाल पुर्जासहित जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐर र दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीले दोसल्ला ओढाएर पहिलो सेवाग्राहीका रूपमा सम्मान गर्नुभएको थियो । 

डोटी मालपोत कार्यालय अनलाइनबाट सेवा दिने ९२ औं शाखा कार्यालय हो । सेवाहरू सुरु भएपछि सेवाग्राहीको सम्पूर्ण अभिलेख अनलाइन सेवा सुरु गरिएका जुनसुकै मालपोत कार्यालयबाट पनि हेर्न सकिने भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक यमप्रसाद सुवेदीले बताउनुभयो ।

सेवाग्राहीले आफ्ना कागजात कम्प्युटरमा लेख्नसक्ने, तिर्नुपर्ने राजस्वबारे हिसाब गर्न सक्ने, कारोबार भए पनि मोबाइलमा जानकारी पाउने मालपोत कार्यालय डोटी प्रमुख प्रेम बहादुर माझीले बताउनुभयो ।