आगजनीपछि टावर नबन्दा स्थानीय सञ्चारविहीन

आगजनीपछि टावर नबन्दा स्थानीय सञ्चारविहीन

बैतडी : डिलाशैनी गाउँपालिका ४ स्थित मठैराज बलालीमा रहेको नेपाल टेलिकमको टावर मा आगजनी पश्चात् निर्माण नहुदा समस्या परेको छ । ठावर मर्मत नहुँदा सो क्षेत्र सञ्चारविहीन हुन पुगेको छ । 

टावरमा आगजनी भएपश्चात् फोन गर्न निकै समस्या भएको स्थानीयवासी दीपक धामीले बताए । फोनसेवा नहुँदा कार्यालयको कामकाज प्रभावित भएको डिलानशैनी–७ का वडाध्यक्ष प्रेमसिंह धामीले बताए । 

आगजनीबाट टावरमा जडान गरिएका सम्पूर्ण सामान जलेर नष्ट भएका छन् ।  साउन १७ गते अज्ञात समूहले सो टावरमा आगजनी गरेको थियो ।