जेसिज सप्ताह २०१८ : ७० जना द्धारा रक्तदान

जेसिज सप्ताह २०१८ : ७० जना द्धारा रक्तदान

धनगढी । धनगढी जेसिजको आयोजनामा जारी जेसिज सप्ताह अन्तरगत आज रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

धनगढीमा आज पाचौ दिनको छैटौ कार्यक्रम अन्तरगत रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा विभिन्न क्षेत्रका ७० जनाले रक्तदान गरेका छन् । कार्यक्रममा नेपाल प्रहरी, शसस्त्र प्रहरी लगायत विभिन्न संस्थाका व्यक्तीहरुले रक्तदान गरेका हुन् । जेसिज एभरेष्ट स्कुल पुर्व विध्यार्थीहरुको संयोजन तथा निर्सग हस्पीटलको प्राविधिक सहयोगमा कार्यक्रको आयोजना गरिएको हो ।

सप्ताह अन्तरगत भोली क्याम्पस स्तरिय वक्तीत्वकला प्रतियोगीता आयोजना गरिने भएको छ । भदौ ३० गते बाट शुरुभएको सप्ताह शनिबार सम्पन्न गरिने धनगढी जेसिजका कार्यकारी उपाध्यक्ष तथा जेसिज सप्ताह २०१८ का मुल संयोजन जेसि श्याम पाठकले जानकारी दिनुभएको छ ।

धनगढी जेसिजले सामाजिक उत्तरदायीत्वका विभिन्न क्रियाकलापहरु आयोजना गर्दै आइएको छ । धनगढी जेसिजले प्रत्येक बर्ष साताव्यापी रुपमा विभिन्न सामाजिक गतीविधि गरेर जेसिज सप्ताह मनाउदै आएको छ ।