धनगढी : प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टको राजीनामा माग गरिएको छ ।
शुक्रवारको प्रदेश सभा बैठकको ढ्यापढ्यापे समयमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद कर्ण बहादुर मल्लले मुख्यमन्त्रीको राजीनामा माग गरेका हुन ।
‘बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको हत्यारालाई दुई महिनासम्म पनि कारवाही भएन । यसका प्रदेश सरकारले भूमिका खेलेन ।’ मल्लले भने, ‘यस घटनामा सरकार निरीह बन्यो, मुख्यमन्त्री निरीह बने । त्यसैले मुख्यमन्त्रीको राजीनामा माग गर्दछु ।’
दुई तिहाई बहुमतको सरकार कञ्चनपुर घटनामा पञ्चायती शासन भन्दा पनि सवेदशविहिनता देखाएको उनको आरोप थियो ।
उनले निर्मला प्रकरणमा तत्कालिन एसपी विष्टलाई निलम्बन गर्नु बाहेर सरकारले केही गर्न नसकेको बताए ।