सुदूरपश्चिमका ईन्जिनीयरलाई खरिद ब्यबस्थापन तालिम

सुदूरपश्चिमका ईन्जिनीयरलाई खरिद ब्यबस्थापन तालिम

सुदूरपश्चिम प्रदेशका ईन्जिनीयरहरुका लागि शुक्रवार धनगढीमा खरिद ब्यबस्थापन तालिम सुरु गरिएको छ ।
धनगढी उप–महानगरपालिकाको सहयोग तथा ईन्जीनियर्स एसोशिएशन सुदूरपश्चिम प्रादेशिक कार्यकारिणि समितिको आयोजनामा ईन्जिनियरहरुका लागि एक दिने तालिमको आयोजना गरिएको हो ।

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले तालिमको उद्घाटन गरेका थिए । तालिममा सुदूरपश्चिम प्रदेशका स्थानीयतह, सरकारी कार्यालय र बिभिन्न संघसंस्थामा कार्यरत ईन्जीनियरहरुको सहभागिता रहेको छ ।

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले खरिद ब्यबस्थापनको समस्या सबै स्थानीयतहमा रहेको बताए । खरिद ब्यबस्थापन सम्वन्धी ज्ञान प्राविधीकहरुमा नहुदा बेरुजु आउने समस्या रहेको छ नगरप्रमुख वडले भने, यो तालिमले ईन्जिनीयरहरुलाई यस बारेमा ज्ञानसिप दिने छ । प्राविधीकहरु सरकारको मेरुदण्ड हुन नगरप्रमुख वडले भने, कतिपय ठाउँमा ईन्जीनियरहरुले गरेका लापर्वाहीका कारण योजना प्रभावित हुने गरेका छन् । हुलाकी सडक अन्तरगत कैलालीको मनहेरा र बेली बिचको खोलामा निर्माण गरिएको पुलको डिजाईन स्टीमेट गर्ने जस्ता ईन्जीनियरका कारण ईन्जीनियररिङ्ग क्षेत्र बदनामित हुने गरेको बताए ।

हामी प्राविधीक ब्यक्ति होईनौ नगरप्रमुख वडले भने, कुनैपनि योजनाको लागत, ईस्टीमेट, डिजाईन गर्नु पहिले प्राविधीकहरुले सबै पक्षहरुको बारेमा ख्याल गर्नुपर्छ । ईन्जीनियर्स एसोशिएशन सुदूरपश्चिम प्रादेशिक कार्यकारिणि समितिका अध्यक्ष लव कुमार जोशीले तालिम फलदायी हुने बताए ।