फेसबूकले सार्वजनिक गर्‍यो नयाँ लोगो

फेसबूकले सार्वजनिक गर्‍यो नयाँ लोगो

फेसबूकको नयाँ लोगो सार्वजनिक भएको छ । कम्पनीले यस लोगोलाई विशेष उद्देश्यले डिजाइन गरेको छ । 

नयाँ लोगोमा सबै क्यापिटल लेटर छन् । फेसबूक याप वा फेसबूक वेबको लोगो बदलिएको देखिँदैन । नयाँ लोगोलाई ह्वाट्सयाप र इन्स्टाग्रामको प्यारेन्ट कम्पनीका रूपमा देखाउनका लागि फेसबूकले सार्वजनिक गरेको हो । 

फेसबूकको नयाँ लोगो जीआईएफमा जारी गरिएको छ । फरक फरक रंगमा यसले फेसबूक प्रोडक्टहरू दर्शाएको छ । 

नीलो रंग फेसबूकका लागि, हरियो ह्वाट्सयापका लागि र गुलाफी रंग इन्स्टाग्रामका लागि हो । रिपोर्टका अनुसार, फेसबूकको नयाँ लोगो अबका केही हप्तामा युज गरिएको छ । कम्पनीले यसलाई मार्केटिङ र प्रोडक्टका लागि उपयोग गर्नेछ । 

फेसबूकले केही समयदेखि आफ्ना प्रोडक्टहरू ह्वाट्सयाप र इन्स्टाग्राममा बाई फेसबूक लेख्न शुरू गरेको छ । यस लोगोलाई त्यसै ठाउँमा युज गरिनेछ ।