फेसबुकले लन्च गर्‍यो ‘फेसबुक पे’

फेसबुकले लन्च गर्‍यो ‘फेसबुक पे’

फेसबुकले ‘फेसबुक पे’ फिचर लन्च गरेको छ । फेसबुकले आफ्ना एप्सहरु वाट्सएप, इन्स्टाग्राम र म्यासेन्जरबाट भुक्तानी गर्न सकिने फिचर फेसबुक पे सार्वजनिक गरेको हो।

अमेरिकामा यसै हप्तादेखि यस फिचर कार्यान्वयनमा आउनेछन् । आफ्नो डेबिट र क्रेडिट कार्ड फेसबुक अकाउन्टमा जोडेर यसबाट अब टिकट बुकिङ, पैसा ट्रान्सफर, सामाग्रीहरु अनलाईन खरिद गर्न सकिनेछ।

आगामी दिनहरुमा अन्य देशहरुमा पनि यो फिचर प्रदान गरिनेछ।