प्रदेश ७ को सिफारिस नाम र राजधानीमा असन्तुष्टि जनाउदै संसद घेराउ

प्रदेश ७ को सिफारिस नाम र राजधानीमा असन्तुष्टि जनाउदै संसद घेराउ

धनगढी  : विशेष संसदीय समितिले सिफारिस गरेको प्रदेश ७ को नाम र राजधानीमा असन्तुष्टि जनाउदै संसद घेराउ गरिएको छ । 

प्रदेश ७ को नाम र राजधानीबारे सुझाव संकलन गर्न गठित समितिले मंगलवारको प्रदेश सभा बैठकमा नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’ राख्न सुझाव सहितको प्रतिवेदन पेश गरेको थियो । 

उक्त प्रतिवेदनको सत्तापक्षसगै प्रतिपक्ष दलका सांसदले विरोध जनाईरहेका बेला स्वस्फूर्त रुपमा धनगढीवासिले उक्त प्रतिवेदनबारे छलफल गर्नका लागि बुधवार संसद बैठक बस्नु अघि संसद बैठक घेराउ गरेका हुन । 
अहिले १ बजे बसेको संसद बैठकमा प्रतिवेदनबारे छलफल भईरहेको छ । 

संसद घेराउ गर्दै धनगढीवासिले अस्थायी राजधानी धनगढीलाई नै स्थायी राजधानी कायम गर्न र प्रदेशको नाम सुदूरपश्चिम नराखि सुन्दरपश्चिम, खप्तड लगायत राख्न आग्रह गरेका छन । 

अस्थायी राजधानी धनगढीमा प्रदेश संरचना निर्माण र मर्मत सम्भारमा करोडौँ रुपैयाँ खर्च भइसकेको अवस्था र साबिकको क्षेत्रीय सदरमुकाम दीपायलमा राजधानी हुनुपर्ने माग गर्दै लामो समयदेखि आन्दोलन भइरहेको अवस्थामा गोदावरीमा राजधानी तोक्ने तयारीपछि त्यसको  सर्वत्र विरोध भईरहेको छ । 

उनीहरुले गोदावरीको साटो हाल अस्थायी राजधानी कायम रहेको धनगढी अथवा साबिककै क्षेत्रीय सदरमुकाम दीपायलमै राजधानी तोकिएमा उपयुक्त हुने सुझाव पनि दिएका छन् ।