धनगढीमा प्रदर्शन उग्र, मेयर पनि सडकमा ( फाेटाे फिचर)

धनगढीमा प्रदर्शन उग्र, मेयर पनि सडकमा ( फाेटाे फिचर)

धनगढी : धनगढीबाट राजधानी सार्न नहुने भन्दै आन्दोलन चर्केको छ । प्रदेश ७ को राजधानी धनगढीमै रहनुपर्ने माग गरेर सुरु भएको आन्दोलनका क्रममा अहिले प्रदेशसभा अगाडि टायर बालेर प्रदर्शन भइरहेको छ ।

प्रदेश ७ को नाम र राजधानीबारे सुझाव संकलन गर्न गठित समितिले मंगलवारको प्रदेश सभा बैठकमा नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’ राख्न सुझाव सहितको प्रतिवेदन पेश गरेको थियो ।

उक्त प्रतिवेदनका सम्बन्धमा अहिले प्रदेश सभामा सांसदहरुको छलफल जारी छ । तर त्यसको बाहिर भने टायर बालेर विरोध प्रदर्शन भइरहेको हो । उक्त आन्दोलनमा सहभागी हुन अहिले धनगढीका मेयर नृपबहादुर वड पनि सडकमा ओर्लेका छन् । उनी नेपाली कांग्रेसबाट विजयी भएका थिए ।

प्रदर्शनका क्रममा ‘प्रदेश ७ को राजधानी धनगढी कायम गर,’ ‘गोदावरी मान्दैनौँ,’ ‘जंगल फडानी गरेर राजधानी बनाउन पाइँदैन’ लगायतका नारा लागेका छन् ।

आन्दोलनकारीहरुले बिहिबारदेखि धनगढी बन्दको घोषणा गरेका छन् ।