समिट एयरले थप्यो नयाँ जहाज

समिट एयरले थप्यो नयाँ जहाज

निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी समिट एयरले नयाँ जहाज थपेको छ । कम्पनीले बिहीवार सूचना जारी गर्दै एल ४१० टर्बाेलेट जहाज ल्याएको जानकारी दिएको हो । उक्त जहाज १८ सिट क्षमताको छ । 

कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणका केही आवश्यक प्रावधान पूरा गरी छिट्टै सञ्चालनमा ल्याउने बताएको छ । उक्त जहाज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बिहीवार अवतरण भएको छ ।

उक्त कम्पनीसँग एलईटी ४१० र सेस्ना ग्रान्ड काराभान २०८ एयरक्राफ्ट गरी ५ ओटा जहाज छन् । कम्पनीले काठमाडौं, लुक्ला, कञ्चजंघा, जोमसोम, डोल्पा, रारा र सिमिकोटमा उडान गर्दै आएको छ ।