रियालिटी शो ‘कौन बनेगा करोडपति’ बन्द हुँदै

रियालिटी शो ‘कौन बनेगा करोडपति’ बन्द हुँदै

भारतमा लोकप्रिय रियालिटी शो ‘कौन बनेगा करोडपति’ बन्द हुने भएको छ । शोको एघारौँ सिजन यही शुक्रवारदेखि बन्द हुँदैछ ।

यो शो १३ सातासम्म चलेको थियो । शोका होस्ट अमिताभ बच्चनले पहिले नै यो शो ६५ भाग र १३ साता चल्ने जनाएका थिए ।

रियालिटी शो ‘कौन बनेगा करोडपति’ मा भारतका चर्चित अनुहारलाई समावेश गराइएको थियो । यो शोमा बलिउड सेलिब्रेटीहरु पनि उपस्थित थिए ।

अमिताभ बच्चनले होस्ट गर्ने कारणले गर्दा पनि यो शो थप लोकप्रिय थियो । रियालिटी शोको यो सिजनमा सर्वाधिक पुरस्कार राशि ७ करोड भारु राखिए पनि कसैले १६ वटा प्रश्नको सही उत्तर दिन सकेनन् ।