संविधानको कसम खाएर विवाह !

संविधानको कसम खाएर विवाह !

कहिले कांही विश्वमा हामीले सोच्दै नसोचेको कुरा हुन्छ । यस्ता केही घटना हुन्छन् जसले हामीलाई अचम्ममा पारिदिन्छन् । 

त्यस्तै एउटा समाचार आएको छ, भारतमा । भारतको संविधानको कसम खाएर एक जोडीले विवाह गरेका छन् । एकअर्कालाई पति तथा पत्नी स्वीकार गर्न उनीहरुले यस्तो गरेका हुन् । 

यो जोडी हो, भारत ओडिसाको विप्लव कुमार र अनिताको । उनीहरुले आफ्नो विवाहमा रक्तदान शिविरको आयोजना पनि गरेका छन् ।

उनीहरुको विवाहमा आएका जन्ती तथा अन्य पाहुनाले रक्तदान पनि गरेका थिए। यो जोडी दुवै जना मेडिकल क्षेत्रमा कार्यरत छन् ।