प्रदेश नम्बर ७ को नाम र राजधानीको टुङगो आज, नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’ हुने निश्चित

प्रदेश नम्बर ७ को नाम र राजधानीको टुङगो आज, नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’ हुने निश्चित

राजधानीका लागि सिफारिस गरिएको कैलालीको गोदावरी नगरपालिका, २ तेघरी ।

धनगढी : प्रदेश नम्बर ७ को नाम र राजधानीको टुङगो आज लाग्दैछ । त्यसका लागि आज विहान साढे ११ बजे प्रदेश सभा बैठक डाकिएको छ । 

प्रदेशको नाम र राजधानी सिफारिस गर्नका लागि बनेको विशेष समितिले प्रदेशको नाम सुदूरपश्चिम र राजधानी कैलालीको गोदावरी नगरपालिका, २ तेघरी राख्न सिफारिस गरेको छ । 

उक्त प्रतिवेदनमा विपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) ले असहमति जनाएका कारण मतदान प्रक्रियाबाट नाम र राजधानी तोकिने प्रदेश सभा सचिवालयले जनाएको छ । 

प्रदेश सभामा सत्तारुढ दल नेकपाका ३९, काँग्रेसका १२ र राजपाका २ गरि ५३ सांसद छन । सत्तापक्षसग स्पष्ट बहुमत भएका कारण प्रदेशको नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’ हुने निश्चित भएको प्रदेश सभा सचिवालय स्रोतले जनाएको छ । 

प्रदेशको नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’ को पक्षमा मतदान गर्न नेकपाले ह््वीप समेत जारी गरेको छ ।