प्रदेश नम्बर ७ को नाम र राजधानीको टुङगो आज, राजधानी नसार्न माग गर्दै विहानैदखि प्रदर्शन सुरु (फाेटाे फिचर)

प्रदेश नम्बर ७ को नाम र राजधानीको टुङगो आज, राजधानी नसार्न माग गर्दै विहानैदखि प्रदर्शन सुरु (फाेटाे फिचर)

धनगढी : प्रदेश नम्बर ७ को नाम र राजधानीको टुङगो शुक्रवार (आज) लाग्दैछ । 
त्यसका लागि विहान साढे ११ बजे प्रदेश सभा बैठक डाकिएको छ । 

प्रदेशको नाम र राजधानी सिफारिस गर्नका लागि बनेको विशेष समितिले प्रदेशको नाम सुदूरपश्चिम र राजधानी कैलालीको गोदावरी नगरपालिका, २ तेघरी राख्न सिफारिस गरेको छ । 

उक्त प्रतिवेदनमा विपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) ले असहमति जनाएका कारण मतदान प्रक्रियाबाट नाम र राजधानी तोकिने प्रदेश सभा सचिवालयले जनाएको छ । 

प्रदेश सभामा सत्तारुढ दल नेकपाका ३९, काँग्रेसका १२ र राजपाका २ गरि ५३ सांसद छन । 

सत्तापक्षसग स्पष्ट बहुमत भएका कारण प्रदेशको नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’ हुने निश्चित भएको प्रदेश सभा सचिवालय स्रोतले जनाएको छ । 
प्रदेशको नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’ को पक्षमा मतदान गर्न नेकपाले ह््वीप समेत जारी गरेको छ । 

अस्थायी राजधानी धनगढीबाट गोदावरी राजधानी सार्न लागिएको भन्दै धनगढीमा विहानैदेखि प्रदर्शन सुरु भएको छ । 

प्रदर्शनकारीहरु प्रदेश सभा भवन अगाढी राजधानी नसार्न दवाव दिदै आन्दोलन गरिरहेका छन । 

उनीहरुले सांसदलाई प्रदेश सभा भवनको मुल गेटबाट प्रवेश गर्न नदिएपछि पछाडीको गेटबाट प्रवेश गराईदैछ । 

संसदबाट प्रदेश नाम र राजधानी तोक्ने तयारी भईरहदा आन्दोलन उग्र बन्दै गएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।