नाम र राजधानीका विषयमा विपक्षी दलका सांसदहरुको चर्को विरोध, संसद स्थगित

नाम र राजधानीका विषयमा विपक्षी दलका सांसदहरुको चर्को विरोध, संसद स्थगित

धनगढी । प्रदेश नम्बर ७ को नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’ राख्ने सिफारिस पछि मतदानका लागि बोलाइएको संसद विपक्षी दलका सांसदहरुको नारावाजी तथा विरोधका कारण १ बजे सम्मका लागि स्थगित गरिएको छ ।

नाम र राजधानीका विषयमा धनगढी बासिहरुले चर्को विरोध गर्दै नाराबाजि तथा प्रर्दशन गरिरहेका छन् । नेपाली काग्रेश तथा राजपाका सांसदहरुको विरोध पछी संसद स्थगीत गरिएको हो ।

प्रदेश सभामा सत्तारुढ दल नेकपाका ३९, काँग्रेसका १२ र राजपाका २ गरि ५३ सांसद छन । 

सत्तापक्षसग स्पष्ट बहुमत भएका कारण प्रदेशको नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’ हुने निश्चित भएको प्रदेश सभा सचिवालय स्रोतले जनाएको छ । 
प्रदेशको नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’ को पक्षमा मतदान गर्न नेकपाले ह््वीप समेत जारी गरेको छ । 

अस्थायी राजधानी धनगढीबाट गोदावरी राजधानी सार्न लागिएको भन्दै धनगढीमा विहानैदेखि प्रदर्शन सुरु भएको छ ।