यी हुन् कम्प्युटर भिजन सिन्ड्रोमबाट बच्ने उपाय
कम्प्युटर भिजन सिन्ड्रोमलाई सामान्य भाषामा प्राविधिक आँखा दुखाइ भनिन्छ । यो लामो समयसम्म टेलिभिजन, कम्प्युटर, ल्यापटप र मोबाइलमा बढी समय बिताउँदा आँखा र दृष्टिमा आउने समस्या हो ।
यस्ता डिजिटल स्क्रिनयुक्त सामग्री प्रयोग गर्दा निश्चित दूरी र समयको हेक्का नराख्दा पीडितको संख्या बढ्दो छ । विशेषगरी स्कुले विद्यार्थी र कम्युटरमा लामो समयसम्म काम गर्ने मानिस बढी पीडित भएको पाइएको छ । अब जानौँ यो समस्याबाट बच्ने उपाय :
- मोबाइल, कम्प्युटरलगायत डिजिटल स्क्रिनयुक्त सामग्रीको लतबाट सकेसम्म टाढा रहने ।
- कार्यालयमा काम गर्दा बसाइलाई व्यवस्थापन गर्ने । कम्प्युटरको स्क्रिनमा सीधा नहेर्ने । साथै, स्क्रिनको लाइट कम गर्ने ।
- कामको बीच–बीचमा आराम गर्ने, हिँडडुल गर्ने, आँखा चिम्लने र खोल्ने गतिलाई नियमित तथा स्वाभाविक राख्ने ।
- कम्प्युटरमा काम गर्दा सकभर एन्टिग्लेयर चस्माको प्रयोग गर्ने । सामान्यतया १ मिनेटमा १५ पटक आँखा झिम्क्यिाउनु सामान्य मानिन्छ । तर, टेलिभिजन वा कम्प्युुटरमा बस्दा सातदेखि आठपटक मात्र झिम्किन्छ । परेली झिम्काउँदा आँखामा रहेको तरल पदार्थले नानीलाई भिजाइ मोइस्चर गराउँछ र सिन्ड्रोम हुनबाट बचाउँछ ।
- कम्प्युटर कार्य क्षेत्रमा पर्याप्त तथा सहज मात्रामा प्रकाशको सन्तुलन कायम राख्ने । बाहिरबाट आउने प्रकाशका कारण कम्प्युटरको स्क्रिनमा पर्ने उज्यालोलाई कम गर्न झ्यालढोकामा पर्दाको प्रयोग गर्ने ।