धनगढी : सुदूरपशिचम प्रदेश स्वास्थ्य निर्देशनालयले खरीद गरेको ८८ वटा अल्ट्रासाउण्ड मेसिनको खरीद प्रक्रियामा प्रश्न उठाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा उजरी परेको छ ।
अल्ट्रासाउण्ड मेसिन खरीद संगै निर्देशनालयमा बिभिन्न सामग्री खरीदका लागि आएको ६० करोड रुपैया निर्देशक डा. गुणराज अवस्थीले अनियमितता गरेकोले निर्देशक अवस्थी माथि पनि छानवीन गरी कार्वाहीको माग गरिएको छ ।
अल्ट्रासाउण्ड मेसिन खरीदको टेण्डर अनुसार १२ करोड मुल्यमा प्रदेश भरीका ८८ वटै स्थानीय तहका स्वास्थ्य संस्थाका लागि ती अल्ट्रासाउण्ड मेसिन खरीद गरिएका हुन् । यो खरीद प्रक्रियामा प्रश्न उठाउँदै कात्तिक २७ गते अख्तियारमा उजुरी परेको छ भने कात्तिक २६ गते डोटीका नागरिकहरुले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा उजुरी गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको बेनामे उजुरीमा “अल्ट्रासाउण्ड मेसिन खरीद गर्न बोलपत्रदाताको अन्तिम कबोल रकम अंकमा नै हुनुपर्नेमा निर्देशनालयले जवर्जस्ती मिलेमतोमा आपुर्तिकर्तालाई मुल्य अभिबृद्धि कर (भ्याट) बाफतको झण्डै डेढ करोड रुपैया उपलब्ध गराउन लागेकोले कार्वाही गरिपाउँ” भनिएको छ । समाचार स्रोतका अनु्सार सो बेनामे उजुरी निर्देशनालयकै कर्मचारीका तर्फबाट परेको छ ।
सार्वजनिक खरीद ऐनको नियम अनुसार सोझै खारेज हुनपर्ने बोलपत्र स्वीकृत गरिएको छ । ११ करोड ४५ लाख १८ हजार ९ सय ७६ मा ८८ अल्ट्रासाउण्ड मेसिन आपुर्ति गर्ने गरी काठमाण्डौंको हस्पिटेक इन्टरप्राइजेजले पेश गरेको बोलपत्र स्वीकृत गरेको निर्देशनालयले सो आपुर्तिकर्तालाई कबोल रकम भन्दा बढी भुक्तानी दिने तयारी गरिरहेको छ । भ्याट जोड्दा आह्वान गरिएको टेण्डर रकम भन्दा बढी हुन गए सो बोलपत्र सोझै अमान्य हुने कुरा खरीद ऐनमा उल्लेख गरिएको छ ।
सो कम्पनीले भ्याट बाहेकको रकम कबोल गरेको भन्दै भ्याट बाफतको रकम थपिदिन सामाजिक विकास मन्त्रालय मार्फत मन्त्रीपरिषदलाई गरेको माग अनुसार मन्त्रीपरिषदले समेत निर्ण गरिदिएको छ । कात्तिक २० को मन्त्रीपरिषदको बैठकले सामाजिक विकास मन्त्रालयष्को सो प्रस्ताव पारित गरी रकम दिने बाटो खोलिदिएको हो । सामजिक विकास मन्त्रालय स्रोतका अनुसार यो शिर्षकमा थप रकम नभएपछि आर्थिक मामिला तथा योजना मन्त्रालयबाट रकम निकासाका लागि मन्त्रीपरिषदबाट निर्णय गराइएको हो ।
उजुरीमा प्रदेश स्वास्थ्य निर्देशनालयले बनाएको खरीद समितिमा सम्बन्धित फाँटको कर्मचारी नराखेको, खरीद समितिले बार्षिक कार्यक्रम र बजेट हेरी खरीद गुरुयोजना बनाउनुपर्नेमा सो समेत नगरी सोझै अल्ट्रासाउण्ड मेसिन खरीद गर्ने निर्णय गरेकोले छानवीन गरी कार्वाहीको दायरामा ल्याएर सरकारी सम्पति तथा रकमको दुरुपयोग रोक्न समेत माग गरिएको छ ।
उजुरीकर्ताले एमबीबीएस पास गरेपछि तीन बर्ष थप रेडियोलोजी पढेका चिकित्सकले मात्रै चलाउनुपर्ने अल्ट्रासाउण्ड मेसिन एम्बीबीएस चिकित्सक समेत नभएका स्थानीय तहका स्वास्थ्य कार्यालयहरुलाई दिन लागिएकोले त्यसको सदुपयोग हुनेमा समेत आशंका गरेका छन् । जनशक्ति नभएको बिषयमा समान खरीद गरेर अलपत्र पारेर राज्यको पैंसा दुरुपयोग भएकोले यस्तो काम रोक्न समेत माग गरिएको छ ।
अल्ट्रासाउण्ड मेसिन खरीद गर्नभन्दा पहिले गरिने स्पेसिफिकेसनका लागि स्वतन्त्र बायोमेडिकल इन्जिनियर राखिनुपर्नेमा स्पेसिफिकेसनको काम हस्पिटेक इन्टरप्राइजेज र लाइफलाइन टे«ड इन्टरनेशनलमा कार्यरत बायोमेडिकल इन्जिनियर बिजय बिष्टबाट गराइएको छ । बिष्टले आफ्नै र्फामले मात्रै आपुर्ति गर्न मिल्ने गरी स्पेसिफिकेसन बनाएको ती कर्मचारीको आरोप छ ।
एउटै पत्रबाट सबै फार्महरुको दररेट संकलन गरेको निर्देशनालयले ब्यवसायीहरुलाई समेत मिलेमतोको अवसर दिएको छ । हस्पिटेकका सञ्चालक बिशाल भनिने बिष्णु पण्डित र उनको समुहले मात्रै नेपालमा आयात गर्ने मेसिनका लागि मात्रै स्पेसिफिकेसन बनाएकोले बायो मेडिकल इन्जिनियर बिजय बिष्ट माथि कार्वाहीको माग गरिएको छ ।
बोलपत्रको मुल्यांकन समेत सही तरिकाले नभएकोले अल्ट्रासाउण्ड मेसिन खरीदको प्रक्रियामा संलग्न सबै माथि कार्वाहीमो माग समेत गरिएको छ । यस्तै सोही उजुरी पत्रमा प्रदेशको स्जास्थ्य निर्देशनालयमा बिभिन्न खरीदका लागि आएको ६० करोड रुपैयामा भ्रष्टाचार गरेको भन्दै निर्देश डा. गुणराज अवस्थी माथि छानवीन गरी कार्वाही गर्न पनि माग गरिएको छ ।
प्रतिकृया दिनुहोस