राजधानी सारिएको विरोधमा धनगढीमा अनिश्चितकालिन आम हड्ताल (फाेटाे फिचर)

राजधानी सारिएको विरोधमा धनगढीमा अनिश्चितकालिन आम हड्ताल (फाेटाे फिचर)

धनगढी : प्रदेश ७ को राजधानी कैलालीको ‘गोदावरी’ सारिएको विरोधमा धनगढीमा शनिवारदेखि आम हड्ताल गरिएको छ ।

 
जसका कारण यहाको जनजीवन प्रभावित भएको छ । यातायात, बजार पूर्ण रुपमा बन्द गरिएका छन भने बजारमा अटो रिक्सा समेत चल्न नदिदा सर्वसाधारण मारमा परेका छन । 


बन्दकर्ताहरु विभिन्न चौकचौकमा जम्मा भएर नारावाजी गरिरहेका छन । 


धनगढी नागरिक समाजको अगुवाईमा आम हडताल भईरहेको हो । 

बन्दलाई मध्यनजर गर्दै धनगढीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । 
तत्कालिन नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा नेतृत्वको सरकारले प्रदेश ७ को अस्थायी राजधानी धनगढी तोकेको थियो ।
तर, शुक्रवार संसद बैठकले प्रतिपक्षी दलको वहिष्कारका बावजुत प्रदेश नम्बर ७ को नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’ राख्ने प्रस्ताव दुई तिहाई बहुमतले पारित गरेको छ । 
बन्दकर्ताहरुले धनगढीमा अस्थायी राजधानीका लागि करोडौ रुपैया खर्च भईसकेकोले गोदावरीमा जङगल मासेर राजधानी नबनाउन आग्रह गरिरहेका छन । 
प्रदेशको नाम र राजधानीबारे सुझाव संकलन गरि प्रतिवेदन पेश गर्न बनाईको समितिले गत मंगलवार संसद बैठकमा प्रतिवेदन पेश गरेसगै उनीहरुले आन्दोलन गर्दै आएका छन ।