फेसबूकबाट भेटिइन् १२ वर्षअघि हराएकी बालिका

फेसबूकबाट भेटिइन् १२ वर्षअघि हराएकी बालिका

भारतको आन्ध्र प्रदेशकी एक किशोरीले १२ वर्षपछि परिवारलाई भेटेकी छन् । ४ वर्षको उमेरमा उक्त बालिका हराएकी थिइन् । तर फेसबूकमार्फत उनले परिवार भेट्ने मौका पाएकी हुन् । वामसी कृष्णले फेसबूकको माध्यमबाट उक्त किशोरीलाई परिवारको जिम्मा लगाइदिएकी हुन् ।

आन्ध्र प्रदेशकी किशोरी भवानीलाई वामसी कृष्णाको घरमा काम गर्न गएकी थिइन् । त्यसपछि कृष्णाले आफू ४ वर्षको उमेरमा बाबुआमाबाट छुटेको बताइएकी थिइन् ।

त्यसपछि उनलाई एक महिलाले शरण दिइन् । त्यसबेलादेखि उनी विजयवाडामा बस्न थालिन् । समाचार एजेन्सी एनीसँग कुरा गर्दै वामसी कृष्णाले भनिन्, म कसैलाई काममा लगाउनुअघि त्यसको कागजात हेर्छु । तर यस बच्चीसँग कुनै कागजात थिएन ।

किनकी उनी ४ वर्षको उमेरमै परिवारबाट टाढिएकी थिइन् र पछि एउटा महिलाले पालनपोषण गरेकी थिइन् ।

उनले थपिन्, अनि मैले सोधे के तिमी बुवाआमालाई भेट्न चाहन्छौं । उनीमा भेट्ने चाहना बढेपछि मैले उसको बुवाआमालाई फेसबूकमा खोज्न थालेँ ।

उनले परिवारको सदस्यलाई फेसबूकमा खोजेर कुराकानी गर्न थाले र अन्तिममा परिवारको जिम्मा लगाइदिए ।