एनसेलको ‘रिचार्जमा चमत्कार’ याेजनाका विजयीलाई २ लाख रुपैयाँ पुरस्कार हस्तान्तरण

एनसेलको ‘रिचार्जमा चमत्कार’ याेजनाका विजयीलाई २ लाख रुपैयाँ पुरस्कार हस्तान्तरण

एनसेल प्रालीले ‘रिचार्जमा चमत्कार’ योजनाअन्तर्गत सिरहाका आशिष राउत र धादिङकी नानीमैयाँ थापालाई जनही २ लाख रुपैयाँ नगद पुरस्कार हस्तान्तरण गरेको छ ।  

‘कस्टमर लोयल्टी’ कार्यक्रमअन्तर्गत एनसेलले ‘रिचार्जमा चमत्कार’ अफर गएको मंसिर १ गतेदेखि सञ्चालन गर्दै आएको छ । यो योजनाअन्तर्गत हरेक योग्य ग्राहकले हरेक हप्ता २ लाख नगद र प्रत्येक महिना १० लाख नगद जित्ने मौका पाउँछन् । 

राउत र थापालाई बिहीबार एनसेल सेन्टर कुमारीपाटीबाट नगद पुरस्कार हस्तान्तरण गरिएको हो । दोस्रो हप्ताका पाँच जना विजयीमध्ये एक जना यस योजनाको शर्त बमोजिम नगद पुरस्कारका लागि अयोग्य ठहरिएको एनसेलले जनाएको छ । उनको स्थानमा सोमबार प्रत्यक्ष प्रसारण कार्यक्रममार्फत प्रक्रिया पुर्याइ थापा नयाँ विजयी ग्राहकका रुपमा छानिनु भएको हो । 

तेस्रो हप्तामा छानिएका पाँच विजेता ग्राहकहरुमध्ये एक यस योजनाको शर्त बमोजिम नगद पुरस्कारका लागि अयोग्य ठहरिएका छन् । त्यसैगरी तीन जना प्रमाणीकरण प्रक्रियामा रहेका छन् । अयोग्य ठहरिएका ग्राहकको हकमा तेस्रो हप्तामा वितरण भएका कोडका आधारमा अर्को हप्ता एक जना नयाँ भाग्यशाली ग्राहक छनोट गरिने एनसेलले जनाएको छ । 

यस योजनाअन्तर्गत पहिलो र दोस्रो हप्तामा विजयी भइ प्रमाणीकरण भएका ग्राहकलाई एनसेलले काठमाण्डौ वा काठमाण्डौबाहिर ग्राहकलाई सजिलो पर्ने ठाउँबाट पुरस्कार हस्तान्तरण गर्नेछ । 

दोस्रो हप्ताका विजयीमध्येका दुई र पहिलो हप्ताका भाग्यशाली पाँच ग्राहकमध्येका एक जना विजयीलाई चाँडै नगद पुरस्कार हस्तान्तरण गरिने एनसेलले जनाएको छ । 

एनसेलका प्रिपेड र पोस्टपेड सेवाका सबै ग्राहकहरुले हप्तामा एक सय रुपैयाँ वा त्योभन्दा बढीको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुन सक्छन् । आइतबारदेखि शनिबारको साप्ताहिक चक्रमा यो योजना सञ्चालन भइरहेको छ र योजनाको प्रत्येक चार हप्ताको समापनसँगै त्यस महिनाको एक भाग्यशाली ग्राहकको पनि घोषणा गरिन एनसेलले जनाएकोे छ । 

ग्राहकहरुले एक सय रुपैयाँ वा त्योभन्दा बढीको ब्यालेन्स रिचार्जमा प्रत्येक एक सय रुपैयाँ बराबरको एक विशेष कोड एसएमएसमार्फत प्राप्त गर्छन् ।

उदाहरणका लागि यदि कुनै ग्राहकले तीन सय ५० रुपैयाँ गर्दछन् भने उनले तीन विशेष कोड नम्बरहरु प्राप्त गर्दछन् । त्यसैगरी ग्राहकले पाँच सय रुपैयाँ रिचार्ज गरेमा पाँच वटा विशेष कोडहरु प्राप्त गर्नेछन् ।  

यसरी प्राप्त हुने प्रत्येक कोडलाई ग्राहकले नगद पुरस्कार दाबी गर्नका लागि सुरक्षित राख्नुपर्ने हुन्छ । यस योजनाअन्तर्गत प्रत्येक हप्ता सोमबार साँझ ६ः३० बजे एपी वान टेलिभिजनमा प्रत्यक्ष प्रसारण र एनसेलको फेसबुक पेजमार्फत पाँच जना भाग्यशाली ग्राहकको घोषणा हुन्छ ।