निर्मला हत्याकाण्ड :प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै महेन्द्रनगरमा धर्ना

निर्मला हत्याकाण्ड :प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै महेन्द्रनगरमा धर्ना

कञ्चनपुर : कञ्चनपुरकी १३ वर्षिय बालिका निर्मला पन्त हत्याकाण्डबारे उच्चस्तरीय छानविन समितिले पेस गरेको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै महेन्द्रनगरको धर्ना सुरु गरएको छ । 
महेन्द्रनगरको मदनचोकमा शनिबारदेखि अनिश्चितकालिन धर्ना सुरु गरिएको हो । 

निर्मला हत्याबारेको प्रतिवेदन सार्वजनिक गर्न दबाब दिन धर्ना बस्न बाध्य भएको अधिकारकर्मी माया नेगीले बताउनुभयाे । 

प्रतिवेदन सार्वजनिक नगरेर सरकारले बलात्कारीलाई बचाउन खोजेको उनको आरोप छ । 
प्रतिवेदन सार्वजनिक गरेर दोषीलाई कारवाही नगरेसम्म धर्ना जारी रहने उनीहरुले बताएका छन । 
मृतक निर्मलाका बुवा यज्ञराज पन्तले पनि तत्काल प्रतिवेदन सार्वजनिक गरेर दोषीमाथि कारबाही गर्न माग गरेका छन । 

गृहमन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गत भदौ ७ गते गठन गरेको उच्चस्तरीय छानविन समितिले घटनाबारे एक महिना अध्ययन गरी तयार पारि गृहमन्त्री राम बहादुर थापालाई बुझाएको प्रतिवेदन सार्वजनिक गरिएको छैन । 

गत साउन १० गते पढ्न भनेर साथीको घरमा गएकी भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्त बलात्कार गरी हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा फेला परेकी थिइन्।