एचपीले ल्यायो २२ घण्टासम्म ब्याट्री टिक्ने ल्यापटप !

एचपीले ल्यायो २२ घण्टासम्म ब्याट्री टिक्ने ल्यापटप !

कम्प्युटर र प्रिन्टर निर्माता चर्चित कम्पनी एचपीले जानकार र रुची राख्ने उपभोक्ताहरुका लागि विश्वकै सबै भन्दा सानो कन्भर्टिकल स्पेक्टर एक्स ३६०–१३ ल्यापटप सार्वजनिक गरेको छ । यस ल्यापटपमा क्वाड–कोर १० औं जेनेरेशन इन्टेल चिप दिइएको छ ।

यस ल्यापटपमा एक उत्कृष्ट ब्याट्री ब्याकअप दिइएको छ, जसको कारण एक पटक फुल चार्ज गरेपछि २२ घण्टासम्म ब्याट्री टिक्ने कम्पनीको दाबी छ । यसमा ९० प्रतिशतसम्म स्क्रिन टु बडी अनुपातको सुविधा दिइएको छ ।

कम्पनीले यस ल्यापटपको बजार मूल्य (नेपालीमा) एक लाख ६० हजार तोकेको छ । कम्पनीले यस ल्यापटपलाई भारतमा विहीबार मात्रै सार्वजनिक गरेको हो । भारतमा सार्वजनिक भएसँगै नेपाली बजारमा पनि यस ल्यापटप चाँडै उपलब्ध हुनेछ ।

कम्पनीका अनुसार यस ल्यापटपको वजन १.२७ किलो हुनेछ । यसमा अल्ट्रा–स्लिम एचपी डिवाइस क्वाड–कोर १३ इञ्च कन्भर्टिकल, एचपी वेबकैम किल स्वीच (डेडिकेटेड म्युट माइक) र बैकल्पिक एचपी स्योर भ्यू डिस्प्ले दिइएको छ ।

भारत, बंगलादेश र श्रीलंकाका लागि एचपी इंकका प्रबन्ध निर्देशक विनय अवस्थीले भनेका छन्–‘हामीले एचपीमा सुधार गर्नका लागि नयाँ पद्धती अपनाएका छौं । किनभने हामीले उत्कृष्टताको रुपमा अगाडि ल्याउन चाहन्छौं । हामीले भर्खरै बजारमा ल्याएको कम्प्युटरले उद्योगमा डिजाइन र प्रदर्शनमा नयाँ बेञ्चमार्च स्थापित गर्नेछ ।’