Dhangadhi Khabar http://dhangadhikhabar.com Dhangadhi Khabar - Nepal's top news portal from Far west Nepal en-US hourly 1 Copyright 2021 Fri, 17 Sep 2021 02:33:02 +0545 नेकपा एकीकृत समाजवादी सुदूरपश्चिमको प्रमुख सचेतकमा दुर्गा विक http://dhangadhikhabar.com/news/37667 Thu, 16 Sep 2021 19:04:48 +0545 http://dhangadhikhabar.com/news/37667 नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलको प्रमुख सचेतकमा दुर्गा विक चयन भएकी छन् । धनगढी । नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलको प्रमुख सचेतकमा दुर्गा विक चयन भएकी छन् । बिहीबार बसेको संसदीय दलको बैठकले विकलाई प्रमुख सचेतक चयन गरेको हो ।

संसदीय दलका नेता दीर्घबहादुर सोडारीले विकलाई दलको बैठकको निर्णयका आधारमा बिहीबार नै प्रमुख सचेतकमा नियुक्त गरेका छन् । बैठकले संसदीय दलको कार्यालय समेत स्थापना गरेको छ ।

सबैभन्दा ठूलो दलको हैसियतमा तत्कालीन नेकपा र पछि नेकपा एमालेले प्रयोग गर्दै आएको प्रदेशसभा सचिवालय परिसरमा रहेको भवनमै कार्यालय स्थापना गरिएको हो ।

]]>
http://dhangadhikhabar.com/uploads/Durga-bk-ok2021-06-07-08-53-31_20210607090716.jpeg नेकपा एकीकृत समाजवादी सुदूरपश्चिमको प्रमुख सचेतकमा दुर्गा विक http://dhangadhikhabar.com/news/37667
महाकाली लोकमार्गमा ६ वटा पक्की पुल निर्माण हुने http://dhangadhikhabar.com/news/37666 Thu, 16 Sep 2021 19:00:01 +0545 http://dhangadhikhabar.com/news/37666 कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुला टिंकरसम्म निर्माणाधीन महाकाली लोकमार्गमा चालू आर्थिक वर्षमा ६ वटा पक्की पुल निर्माण हुने भएको छ । कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुला टिंकरसम्म निर्माणाधीन महाकाली लोकमार्गमा चालू आर्थिक वर्षमा ६ वटा पक्की पुल निर्माण हुने भएको छ । चालू आर्थिक वर्षमा डडेल्धुरा, बैतडी र दार्चुला गरी ६ वटा ठाउँमा पुल निर्माण हुने भएको हो ।

पुल निर्माणका लागि चालू आर्थिक वर्षमा ठेक्का लगाउने तयारी गरिएको महाकाली लोकमार्ग दार्चुला टिंकर सडक योजना प्रमुख आशुतोष कर्णले बताए । उनका अनुसार डडेल्धुराको घट्टे र ठूलीगाड खोलामा २ वटा, बैतडीको नीलगाड र कसानी खोलामा २ वटा तथा दार्चुलाको कालागाड र कुकुरेगाड खोलामा २ ठाउँमा पक्की पुल निर्माण हुनेछन् । 

आर्थिक वर्ष २०६५/६६ बाट निर्माण शुरू गरिएको सडकखण्डले गति लिएको छैन । अहिले सडकको ट्रयाक खुलाउने, ब्याक किट तथा पुल निर्माणको काम सँगसँगै अघि बढाउन लागिएको हो । कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिंकरसम्म कूल ४२५ किलोमिटर सडक पर्दछ भने खलंगा सदरमुकामदेखि टिंकर ३० किलोमिटर दूरी रहेको छ ।

टिंकर सडक योजनाका अनुसार महाकाली लोकमार्गको दार्चुलामा ९० किलोमिटर, बैतडीमा ५७ किलोमिटर र डडेल्धुरामा १३ किलोमिटर सडकको अस्थायी ट्रयाक खुलाइएको छ । यो सडकखण्डको त्रिदेशीय नाका टिंकर जोड्ने गरी ८७ किलोमिटर सडकखण्डको ट्रयाक खुलाउने जिम्मेवारी नेपाली सेनालाई दिइएको छ ।

नेपाली सेनाले चालू आर्थिक वर्षदेखि काम थालेको सेनाका प्रवक्ता एवं सहायक रथी सन्तोषबल्लभ पौडेलले बताए । महाकाली लोकमार्ग निर्माणका लागि चालू आर्थिक वर्षमा कूल १ अर्ब ३ करोड बजेट विनियोजन भएको छ । जसमध्ये नेपाली सेनालाई २२ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ । 

]]>
http://dhangadhikhabar.com/uploads/mahakali-pool_20201209190245.jpg महाकाली लोकमार्गमा ६ वटा पक्की पुल निर्माण हुने http://dhangadhikhabar.com/news/37666
बैतडीको दशरथचन्दमा असोज ३ र ४ गते सार्वजनिक बिदा http://dhangadhikhabar.com/news/37665 Thu, 16 Sep 2021 18:56:10 +0545 http://dhangadhikhabar.com/news/37665 बैतडीको दशरथ चन्द नगरपालिकाले असोज ३ र ४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बैतडी । बैतडीको दशरथ चन्द नगरपालिकाले असोज ३ र ४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले वडा नम्बर २ देहिमाण्डौंमा रहेको निङ्गाशैनी भगतवी मेलाका लागि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

नगरप्रमुख नरेन्द्र सिहं थापाद्धारा जारी सूचनामा भाद्र शुल्क पक्ष अनन्त चतुर्दशीका दिन लाग्ने मेलाका लागि नगरक्षेत्रमा सार्वजनिक बिदा दिईएको उल्लेख छ ।

]]>
http://dhangadhikhabar.com/uploads/dasarath-nagarpalika_20201207172925.jpg बैतडीको दशरथचन्दमा असोज ३ र ४ गते सार्वजनिक बिदा http://dhangadhikhabar.com/news/37665
विराट काेहलीले विश्व कपपछि टी–२० काे कप्तानी छाड्ने http://dhangadhikhabar.com/news/37664 Thu, 16 Sep 2021 18:46:19 +0545 http://dhangadhikhabar.com/news/37664 भारतीय क्रिकेट टिमका कप्तान विराट काेहलीले टी–२० टिमकाे कप्तानबाट हट्ने घाेषणा गरेका छन् । भारतीय क्रिकेट टिमका कप्तान विराट काेहलीले टी–२० टिमकाे कप्तानबाट हट्ने घाेषणा गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमा एक विज्ञप्ति निकाल्दै काेहलीले यस्ताे घाेषणा गरेका हुन् । 

आउँदाे महिना यूएईमा हुने टी–२० विश्व कपपछि टी–२० टिमकाे कप्तानबाट हट्ने काेहलीले बताएका छन् । 

]]>
http://dhangadhikhabar.com/uploads/virat-kohali_20210315114151.jpg विराट काेहलीले विश्व कपपछि टी–२० काे कप्तानी छाड्ने http://dhangadhikhabar.com/news/37664
गोदावरीको तेघरीमा राजधानी निर्माण गर्न केपी ओली नै बाधक बने : दीर्घ सोडारी http://dhangadhikhabar.com/news/37663 Thu, 16 Sep 2021 18:41:32 +0545 http://dhangadhikhabar.com/news/37663 नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) सुदूरपश्चिम संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीले गोदावरीमा राजधानी बनाउन जग्गा प्राप्तिमा पूर्वप्रधान मन्त्री केपी शर्मा ओली बाधक बनेको बताएका छन् । धनगढी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) सुदूरपश्चिम संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीले गोदावरीमा राजधानी बनाउन जग्गा प्राप्तिमा पूर्वप्रधान मन्त्री केपी शर्मा ओली बाधक बनेको बताएका छन् ।

बिहीबार अत्तरियामा पार्टीको गोदावरी नगर कमिटी भेलालाई सम्बोधन गर्दै सोडारीले आफूले गोदावरीमा राजधानी बनाउन प्रस्ताव गरेर प्रदेश सभा बाट पास गरे पनि ओलीले सो निर्णय कार्यान्वयन गर्न नदिएको बताए । सोडारीले भने‘राजधानी बनाउन मेरै नेतृत्वमा धेरै मेहनत गरियो । तत्कालीन प्रधानमन्त्री ओली प्रधानमन्त्री हुनुहुन्थ्यो, जग्गा प्राप्तिको लागि पहल गरियो ।

अहिले सम्म जग्गा उपलब्ध गराउन दिएनन् । अहिले प्रदेश सभा धनगढीमै चलाउन बाध्य भएका छौँ । ओलीले जति नै षडयन्त्र गरे पनि राजधानी गोदावरी बनाएरै छाड्ने सोडारीले उद्घोष गरे ।

यस्तै सोडारीले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) सुदूरपश्चिमले पहिलो नगर कमिटी भेला कैलालीको गोदावरी बाट सुरुवात भएको बताए । प्रदेशको स्थायी राजधानी तोकिएको गोदावरी नगरपालिका बाट समाजबबादि यात्रा कमिटीगत रूपमा सुरु गरिएको औँल्याए । सोडारीले कैलाली जिल्लालाई पार्टी पहिलो पार्टी बनाउने दाबी गरे ।

यस्तै कार्यक्रममा सुदूरपश्चिम प्रदेशकी भौतिक पूर्वाधार विकास राज्य मन्त्री चुनकुमारी चौधरी, नेकपा (एकीकृत समाजवादी) पार्टीको प्रदेश कमिटी सदस्य खडक बम, चेत बहादुर रोकाया, पुराना कम्युनिस्ट नेता कुमार निरौला, मुक्ति समाज कैलाली चक्र विक, अनेमा सङ्घ कैलाली अध्यक्ष गीता सोडारी, जिल्ला सदस्य जिल्ला सदस्य भीम बोगटी, खम्म बुढा लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले स्वागत गरेको कार्यक्रमको सञ्चालन धन बहादुर खड्काले गरेका थिए ।

]]>
http://dhangadhikhabar.com/uploads/dirgha-sodari87_20210916184128.jpg गोदावरीको तेघरीमा राजधानी निर्माण गर्न केपी ओली नै बाधक बने : दीर्घ सोडारी http://dhangadhikhabar.com/news/37663
पार्टीबाट अलग भएका नेता कार्यकर्तालाई एमालेमा फर्किन अध्यक्ष ओलीको आग्रह http://dhangadhikhabar.com/news/37662 Thu, 16 Sep 2021 18:12:09 +0545 http://dhangadhikhabar.com/news/37662 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट केही व्यक्ति अलग्गिए पनि एमाले कमजोर नभएको दाबी गर्नुभएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट केही व्यक्ति अलग्गिए पनि एमाले कमजोर नभएको दाबी गर्नुभएको छ । 

नेकपा एमाले काठमाडौँले आज राजधानीमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माधव नेपाल पार्टीमा रहँदा सधैँ गुट बन्दी लाई प्रश्रय दिएको आरोप लगाउनुभयो ।

अध्यक्ष ओलीले पार्टीबाट अलग भएका नेता कार्यकर्तालाई एमालेमा फर्किन आग्रह पनि गर्नुभयो । एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री ओलीले नेकपा एमाले आफ्नो उद्देश्यमा अडिग रहेको र यसले लिएको समृद्ध नेपाल सुखी नेपालीको नारालाई सरकारमा रहँदा वा नरहँदा पनि जीवन्त राख्ने बताउनुभयो ।

अध्यक्ष ओलीले मुलुक बजेट विहीनताको अवस्थामा पुगेको उल्लेख गर्दै यसमा एमालेलाई दोष देखाउनु गलत भएको बताउनुभयो । अध्यक्ष ओलीले  संसदमा अवरोधकै बीच बजेट पेश गर्न मिल्ने तर पारित गर्न किन गर्न नमिल्ने भन्दै प्रतिप्रश्न गर्नुभयो ।

]]>
http://dhangadhikhabar.com/uploads/KP-oli1_20210916161343.jpg पार्टीबाट अलग भएका नेता कार्यकर्तालाई एमालेमा फर्किन अध्यक्ष ओलीको आग्रह http://dhangadhikhabar.com/news/37662
इन्टरनेटको शुल्क बढाउने निर्णय, प्रति–महिना कति ? http://dhangadhikhabar.com/news/37661 Thu, 16 Sep 2021 18:08:50 +0545 http://dhangadhikhabar.com/news/37661 इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका हुन् ।

आज बुधवार बसेको इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आईस्पान) को बैठकले सहरी क्षेत्रमा हरेक ग्राहकसँग प्रति–महिना एक सय ५० र ग्रामीण क्षेत्रमा तीन सय रुपैयाँका दरले शुल्क बढाउने निर्णय गरेको अध्यक्ष सुधीर पराजुलीले उज्यालोलाई जानकारी दिनुभयो ।

नेपाल विद्युत् प्राधिकरणलाई पोल भाडा नबढाउन आग्रह गर्दा पनि प्राधिकरणले नमानेको भन्दै शुल्क बढाउने निर्णय गरिएको उहाँको भनाइ छ । शुल्क बढाउनका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा निवेदन दिने उनीहरूले तयारी गरेका छन् ।

यसअघि विद्युत् प्राधिकरणले एउटा पोल प्रयोग गरेबापत प्रतिमहिना दुई सय ५० रुपैयाँ लिने गरेकोमा अहिले किलोमिटरका दरले शुल्क तोकेको उहाँले बताउनुभयो । हिसाब गर्दा अहिले एउटा पोलको मासिक भाडा सात सय ५० रुपैयाँसम्म पर्न आउने भएकाले शुल्क बढाउनुको अर्को विकल्प नभएको पराजुलीले बताउनुभयो ।

बढेको शुल्क नतिरेको भन्दै विद्युत् प्राधिकरणले चितवनमा इन्टरनेटको तार काट्दा हजारौँ ग्राहक समस्यामा परेको र अन्य क्षेत्रमा यस्तो समस्या नआओस् भनेर भाडा बढाउने निर्णय भएको आईस्पानका अध्यक्ष सुधीर पराजुलीले बताउनुभयो ।

सहरमा एउटै पोलबाट धेरै ग्राहकलाई सेवा दिन सकिने भएकाले एक सय ५० रुपैयाँमात्रै बढाइएको र ग्रामीण क्षेत्रमा एक जना ग्राहकसम्म पुग्नकै लागि धेरै पोल प्रयोग गर्नुपर्ने भएकाले तीन सय रुपैयाँ बढाउने निर्णय भएको आईस्पानले जनाएको छ ।  

]]>
http://dhangadhikhabar.com/uploads/internet-acess_20210526141015.jpg इन्टरनेटको शुल्क बढाउने निर्णय, प्रति–महिना कति ? http://dhangadhikhabar.com/news/37661
शशांक कोइरालाले भने-'डडेल्धुरामा फेरि वडा अधिवेशन हुने सम्भावना देखिएन' http://dhangadhikhabar.com/news/37660 Thu, 16 Sep 2021 18:06:13 +0545 http://dhangadhikhabar.com/news/37660 नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले डडेलधुरामा फेरि वडा अधिवेशन हुन सक्ने सम्भावना नदेखिएको बताएका छन् । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले डडेलधुरामा फेरि वडा अधिवेशन हुन सक्ने सम्भावना नदेखिएको बताएका छन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले डडेलधुराको वडा अधिवेशन फेरि गर्न माग गर्दै बिहीबार कांग्रेस केन्द्रीय कार्यालय पुगेर निर्वाचन समितिलाई फेरि वडा अधिवेशन गर्ने सन्दर्भमा ध्यानाकर्षण गराएको थियो ।  

पौडेल पक्षका शीर्ष सबै नेता कांग्रेस केन्द्रीय कार्यालय सानेपा पुगेर निर्वाचन समितिलाई ध्यानाकर्षण गराएका हुन्। देउवाको गृह जिल्लामा भदौ २५ मा वडा अधिवेशन भएको थियो। पौडेल पक्षले वडा अधिवेशन स्थगित गर्न माग गरेको थियो।

त्यसको सुनुवाइ नभएपछि पौडेल पक्षले वडा अधिवेशन बहिष्कार गरेको थियो। निर्वाचन समितिलाई ध्यानाकर्षण गराएपछि महामन्त्री कोइरालाले अब फेरि वडा अधिवेशन हुन सम्भावना नदेखिएको प्रतिक्रिया दिएका हुन्। 

निर्वाचन समितिले निष्पक्ष काम गर्नुपर्‍यो भनेर ध्यानाकर्षण गरिएको नेता प्रकाशमान सिंहले बताए। उनले जिल्ला सभापतिसँग समन्वय गरेर निर्वाचन गर्नुपर्ने बताए। 

]]>
http://dhangadhikhabar.com/uploads/Dr-Shashanka-Koiralala_20200908175652.jpg शशांक कोइरालाले भने-'डडेल्धुरामा फेरि वडा अधिवेशन हुने सम्भावना देखिएन' http://dhangadhikhabar.com/news/37660
टिकटकमा भाइरल भएको उत्तरपुस्तिकाबारे अनुसन्धान हुन्छ : राष्ट्रिय परीक्षा बोर्ड http://dhangadhikhabar.com/news/37659 Thu, 16 Sep 2021 17:55:18 +0545 http://dhangadhikhabar.com/news/37659 राष्ट्रिय परीक्षा बोर्डले अहिले सामाजिक सञ्जालमा भाइरल भएको कक्षा-१२ को उत्तरपुस्तिकाबारे छानबिन गर्ने जनाएको छ। राष्ट्रिय परीक्षा बोर्डले अहिले सामाजिक सञ्जालमा भाइरल भएको कक्षा-१२ को उत्तरपुस्तिकाबारे छानबिन गर्ने जनाएको छ। बुधबारदेखि सुरु भएको कक्षा-१२ को परीक्षाको उत्तरपुस्तिकाको एक भिडियो यतिखेर टिकटकमा भाइरल भएको छ।

बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले आवश्यक छानबिन गर्ने बताए। उनले भने,‘कसले कहाँबाट भिडियो बनाएको हो,त्यस विषयमा छानबिन गरी तथ्य फेला परेमा कारबाही गर्छौं।’

उनका अनुसार अहिले त्यो भिडियो हाल्ने व्यक्तिको पहिचान हुन सकेको छैन। कोरोनाले रोकिएको परीक्षा बुधबारबाट जारी छ। भौतिक उपस्थितिमै सञ्चालन गरिएको परीक्षा असोज ८ गते सकिनेछ। करिब ४ लाख विद्यार्थी परीक्षामा सहभागी भएको बोर्डले जनाएको छ।

]]>
http://dhangadhikhabar.com/uploads/National-exam-board-NEB1613907586_20210802153009.jpg टिकटकमा भाइरल भएको उत्तरपुस्तिकाबारे अनुसन्धान हुन्छ : राष्ट्रिय परीक्षा बोर्ड http://dhangadhikhabar.com/news/37659
भीम रावलले भने-'पार्टीले सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी हेरफेर गर्ने कुनै निर्णय गरेको छैन' http://dhangadhikhabar.com/news/37658 Thu, 16 Sep 2021 17:23:39 +0545 http://dhangadhikhabar.com/news/37658 सुदूरपश्चिम प्रदेशको इन्चार्ज को हो भन्ने विवादको विषय बाहिर आइरहेका बेला नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीले जिम्मेवारी हेरफेर गर्नेबारे कुनै निर्णय नभएको बताएका छन् । धनगढी । सुदूरपश्चिम प्रदेशको इन्चार्ज को हो भन्ने विवादको विषय बाहिर आइरहेका बेला नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीले जिम्मेवारी हेरफेर गर्नेबारे कुनै निर्णय नभएको बताएका छन् । 

गृहजिल्ला अछाममा एमालेले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष रावलले भने, ‘पार्टीले जिम्मेवारी हेरफेर गर्ने कुनै निर्णय गरेको छैन। कार्यदल गठन भएको छ, सहजकर्ता तोकिएको छ। बालकोटमा भएको छलफलमा मेरै प्रस्तावमा भएको हो,’ उनले भने, ‘त्यहाँ पार्टी अध्यक्षले तपाई पार्टी उपाध्यक्षको हैसितमा हुनुहुन्छ। दश बुँदे कार्यान्वयन गर्ने विषयमा जहाँ समस्या आउँछ त्यहाँ छलफल गरौंला भन्नुभएको हो।’

उनले आफ्नै प्रस्तावमा बालकोटमा नेताहरु सबै बसेर छलफल गरेको भन्दै कुनै समस्या अहिले नदेखिएको बताए। ‘म गृहक्षेत्र आएलगत्तै धेरैले सोधेपछि मैले प्रष्ट पार्न खोजेको हुँ,’ उनले भने,‘बालकोटमा भएको छलफलमा को इन्चार्ज के भन्ने विषयमा कुनै छलफल भएको होइन । पार्टीलाई एकताबद्व बनाएर लैजाने समय हो यो।’

कम्युनिस्ट पार्टीमा जीवन बलिदान गर्न तयार रहेको भन्दै आफूहरु लागेको भन्दै पदका लागि लडाइ नभएको बताए। एकीकृत समाजवादीमा लागेका नेताहरूको नाम नलिएरै रावलले प्रलोभन देखाउन खोज्लान् भन्दै सचेत हुन नेता कार्यकर्तालाई आग्रह गरे।

]]>
http://dhangadhikhabar.com/uploads/BHIM-RAWAL_20210916172335.jpg भीम रावलले भने-'पार्टीले सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी हेरफेर गर्ने कुनै निर्णय गरेको छैन' http://dhangadhikhabar.com/news/37658
नेपालमा १ हजार ५११ कोरोना संक्रमित थपिए, ११ को मृत्यु http://dhangadhikhabar.com/news/37657 Thu, 16 Sep 2021 17:10:59 +0545 http://dhangadhikhabar.com/news/37657 नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ११ हजार २०८ जनाको पीसीआर परीक्षणमा १ हजार १६५ र ३ हजार ९७१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३४६ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ६८९ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

]]>
http://dhangadhikhabar.com/uploads/DHNGCorona_Covid_19_Update_20200629122456.png नेपालमा १ हजार ५११ कोरोना संक्रमित थपिए, ११ को मृत्यु http://dhangadhikhabar.com/news/37657
पृथ्वी परिक्रमा गर्न चार यात्री निजी यात्रामा निस्किए http://dhangadhikhabar.com/news/37656 Thu, 16 Sep 2021 16:47:56 +0545 http://dhangadhikhabar.com/news/37656 पृथ्वीको परिक्रमा गर्नका लागि चार यात्री निजी यात्रामा निस्किएका छन् । पृथ्वीको परिक्रमा गर्नका लागि चार यात्री निजी यात्रामा निस्किएका छन् । ‘इन्स्पिरेशन फोर’ नामक अभियानमा एक जना अर्बपति र तीन साधारण व्यक्ति सहभागी छन् । उनीहरू अमेरिकाको फ्लोरिडाबाट अन्तरिक्ष यात्रामा निस्किएका बीबीसीले जनाएको छ । 

‘इन्स्पिरेशन फोर’ कार्यक्रममा अर्बपति ज्यारेड आइज्याकम्यान, हड्डीको क्यान्सर जित्न सफल भइ सेन्ट जुड चिल्ड्रेन रिसर्च अस्पतालमा काम गर्दैै आएकी हेली एर्सेनो, भूगर्भ वैज्ञानिक सायन प्रोक्टर र अमेरिकी एअर फोर्सबाट अवकाश प्राप्त क्रिश सम्ब्रोस्की रहेका खबरमा उल्लेख छ । 

चार जनाको समूहले तीन दिन पृथ्वीको परिक्रमा गर्नेछ । उनीहरूले यसअघि नै ‘स्पेसएक्स’ रकेट कम्पनीसँग ६ महिनाको तालिम लिएका थिए । 

यात्रामा रहेको समूहलाई पृथ्वीका दृश्य हेर्न मिल्ने व्यवस्था मिलाइएको छ । अन्तरिक्ष पर्यटन बजारका लागि यो यात्रा कोशेढुङ्गा हुने मानिएको छ । 

आउँदो अक्टोबरमा एक जना रुसी चलचित्र निर्देशक र एक जना नायिकाले अन्तरिक्षको भ्रमण गर्दैछन् ।  

]]>
http://dhangadhikhabar.com/uploads/earth-yatra_20210916164753.jpg पृथ्वी परिक्रमा गर्न चार यात्री निजी यात्रामा निस्किए http://dhangadhikhabar.com/news/37656
धनगढीको नवजीवन अस्पतालले सुरु गर्‍यो नियमित मानसिक रोग बिशेषज्ञ सेवा http://dhangadhikhabar.com/news/37655 Thu, 16 Sep 2021 16:44:39 +0545 http://dhangadhikhabar.com/news/37655 धनगढीको नवजीवन अस्पतालमा अब दैनिक रुपमा मानसिक रोग बिशेषज्ञ सेवा सुरु भएको छ । धनगढी । धनगढीको नवजीवन अस्पतालमा अब दैनिक रुपमा मानसिक रोग बिशेषज्ञ सेवा सुरु भएको छ । धनगढी रातोपुलमा रहेको अस्पतालमा नियमित रुपमा मानसिक रोग बिशेषज्ञ सेवा सुरु भएको हो ।

विभिन्न बिशेषज्ञ सेवा दिदै आएको अस्पतालमा यो सेवालाई पनि नियमित बनाईएको अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर विदुरमणि ढकालले जानकारी दिए । 

अस्पतालमा विहान ९ बजेदेखि साँझ ५ बजेसम्म मानसिक रोग बिशेषज्ञ सेवा उपलब्ध हुनेछ । डाक्टर साजन खड्काले यो सेवा नियमित दिने अस्पतालले जनाएको छ । 

]]>
http://dhangadhikhabar.com/uploads/nawajiwan-hospital_20210916164433.jpg धनगढीको नवजीवन अस्पतालले सुरु गर्‍यो नियमित मानसिक रोग बिशेषज्ञ सेवा http://dhangadhikhabar.com/news/37655
माओवादी केन्द्र एमालेमा मिलिसक्यो, प्रचण्ड गुट मात्रै बाँकी छ : ओली http://dhangadhikhabar.com/news/37654 Thu, 16 Sep 2021 16:13:47 +0545 http://dhangadhikhabar.com/news/37654 नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र राजनीतिक रुपमा एमालेमा मिलिसकेको बताएका छन् । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र राजनीतिक रुपमा एमालेमा मिलिसकेको बताएका छन् ।

पार्टीको काठमाडौं जिल्ला कमिटीले बिहीबार आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कानुनी रुपमा माओवादी केन्द्र बाँकी रहे पनि राजनीतिक रुपमा माओवादी केन्द्र बाँकी नरहेको टिप्पणी गरे। 

‘कानुनी रुपमा माओवादी केन्द्र नाम छ,त्यो प्रचण्ड गुट मात्रै हो, उनले भने, माओवादी केन्द्र राजनीतिक रुपमा एमालेमा मिलिसक्यो, यहाँबाट प्रचण्ड गुट मात्रै बाहिरिएको हो।’

माओवादीको ठूलै हिस्सा प्रचण्डको पक्षमा जान नमानेको र पार्टीमा रहेको उनको तर्क छ। उनले अब पार्टीमा माधव नेपालको आवश्यकता नरहेको बताए। 

]]>
http://dhangadhikhabar.com/uploads/KP-oli1_20210916161343.jpg माओवादी केन्द्र एमालेमा मिलिसक्यो, प्रचण्ड गुट मात्रै बाँकी छ : ओली http://dhangadhikhabar.com/news/37654
बैतडीमा शिशु हत्याको गरेको आरोपमा महिला कारागार चलान http://dhangadhikhabar.com/news/37653 Thu, 16 Sep 2021 16:08:50 +0545 http://dhangadhikhabar.com/news/37653 नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा एक महिलालाई आज कारागार चलान गरिएको छ । बैतडी । नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा एक महिलालाई आज कारागार चलान गरिएको छ । डिलाशैनी गाउँपालिका–७ की ३५ वर्षीया माधवी कार्कीलाई कारागार चलान गरिएको हो ।

जिल्ला अदालतका न्यायाधीश तीलकबहादुर कार्कीको एकल इजलासले माधवीलाई पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । यही भदौ ६ गते अवैध सम्बन्धबाट आफैले जन्माएको शिशुलाई घाँटी निमोठेर हत्या गरेको कार्कीमाथि आरोप लागेको थियो ।

सो घटनाबारे उनको परिवारले खबर गरेपछि कार्कीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । प्रहरीले कार्कीलाई कर्तव्य ज्यान मुद्दाअन्तर्गत अदालतमा पेश गरेको थियो । कार्कीका श्रीमान् १० वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छन् ।

कार्कीको गाउँकै एक किशोरसँग अवैध सम्बन्ध रहेको र उनी हाल फरार रहेको प्रहरीले जनाएको छ । उनी स्वास्थ्य स्वयंसेविकाका रुपमा कार्यरत थिइन् ।

]]>
http://dhangadhikhabar.com/uploads/baitadi-karagar_20210228112346.jpg बैतडीमा शिशु हत्याको गरेको आरोपमा महिला कारागार चलान http://dhangadhikhabar.com/news/37653
बझाङमा हजुरआमाको हत्या आरोपमा नाति पक्राउ http://dhangadhikhabar.com/news/37652 Thu, 16 Sep 2021 14:48:47 +0545 http://dhangadhikhabar.com/news/37652 बझाङमा हजुरआमाको हत्या गरेकाे आरोपमा नाति पक्राउ परेका छन् । बझाङ । बझाङमा हजुरआमाको हत्या गरेकाे आरोपमा नाति पक्राउ परेका छन् । ​बझाङकाे दुर्गाथली गाउँपालिका ५ की ८० वर्षीया रिखी देवी जप्रेलको हत्या गरेको आरोपमा उहाँका नाति २१ वर्षीय सुवास जप्रेल पक्राउ परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय बझाङले एउटै घरमा बस्दै आएका सुवासले हजुरआमाको हत्या गरी आँगन नजिकै शव गाडेको अनुसन्धानबाट खुल्न आएको जानकारी दिएकाे छ । सुवास दुर्गाथली ५ का वडाध्यक्ष रामबहादुर जप्रेलका छोरा हुन् । 

वडाध्यक्ष जप्रेलले आमाकाे खोजी गर्ने क्रममा घरको भित्तामा रगतको छिटा र घर नजिकै खनेको देखेपछि प्रहरीलाई खबर गर्नुभएको थियो ।

सुवासलाई भाग्दै गरेको अवस्थामा दुर्गाथली गाउँपालिका ७ को लोवादेब डाँडाबाट पक्राउ गरिएको प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) रूपक खड्काले जानकारी दिनुभयो ।

वृद्धाले नाक र कानमा लगाएको सुनको मुन्द्रासमेत नभएका कारण सुनको मुन्द्राका लागि उहाँकाे हत्या भएकाे हुन सक्ने आशङ्का गरिएको छ । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बझाङ ल्याउने तयारी भइरहेकाे डीएसपी खड्काले जानकारी दिनुभयाे। घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयाे ।  

]]>
http://dhangadhikhabar.com/uploads/pakrau-file-photo_20210128161009.jpg बझाङमा हजुरआमाको हत्या आरोपमा नाति पक्राउ http://dhangadhikhabar.com/news/37652
माधव नेपाललाई एमालेमै फर्किन अष्टलक्ष्मीको आग्रह http://dhangadhikhabar.com/news/37651 Thu, 16 Sep 2021 14:41:39 +0545 http://dhangadhikhabar.com/news/37651 एमाले उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधवकुमार नेपालले लिएको बाटो सही नभएको बताएकी छन् । एमाले उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधवकुमार नेपालले लिएको बाटो सही नभएको बताएकी छन् । बिहीबार प्रज्ञा प्रतिष्ठानमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शाक्यले नेपाललाई एमालै फर्किन आह्वान गरिन् ।

‘कमरेड माधव नेपालले लिएको बाटो सही छैन । यतिबेला फुटको हैन जुटको राजनीति आवश्यक छ । सुदृढ एमाले आवश्यक छ । माधव नेपाल हाम्रो नेता हो । अग्रज हो । आज आफूले त्याग गरेको, समर्पण गरेको, ज्यान दिएको पार्टी त्यागेर जनमत र आन्दोलन सिर्जना गर्छु भन्ने भनाइ सही छैन ।

आफूले दुस्ख गरेको पार्टीमा फर्किनुस् । समीक्षा गर्नुस् । सुदृढ एमाले बनाउन तपाईको भूमिका छ । त्यो पंक्तिलाई अलमलाएर राख्नु ठिक छैन, उनले भनिन् ।

]]>
http://dhangadhikhabar.com/uploads/astalaxmi-sakya1_20210317134729.jpg माधव नेपाललाई एमालेमै फर्किन अष्टलक्ष्मीको आग्रह http://dhangadhikhabar.com/news/37651
डडेल्धुराको अधिवेशन प्रकरणले कांग्रेसमा विवाद चर्कियो http://dhangadhikhabar.com/news/37650 Thu, 16 Sep 2021 14:38:41 +0545 http://dhangadhikhabar.com/news/37650 नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा सभापति इतर पक्षको विरोधका बाबजुद गरिएको वडा अधिवेशनले कांग्रेसमा विवाद चर्किएको छ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा सभापति इतर पक्षको विरोधका बाबजुद गरिएको वडा अधिवेशनले कांग्रेसमा विवाद चर्किएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भदौ २५ मा गरिएको वडा अधिवेशन अस्वीकार्य रहेको बताएपछि विवाद चर्किएको हो ।

यो विवाद समाधान गर्ने विषयमा सभापति देउवा पक्षबाट पहल नभएको एक नेताले जानकारी दिए । सभापति देउवाले विवादका विषयमा छलफल नगरेपछि सो वडा अधिवेशनलाई मान्यता नदिन भन्दै पौडेल पक्षले महाधिवेशन केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवलाई सचेत गराएको छ ।

बिहीबार आफू पक्षीय नेतासहित पार्टी कार्यालय सानेपा पुगेर वरिष्ठ नेता पौडेलले डडेल्धुराको वडा अधिवेशनलाई मान्यता नदिन निर्वाच्न समितिलाई आग्रह गरेका छन् ।

पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू मिनेन्द्र रिजाल र शेखर कोइरालालगायत नेताहरु बिहीबार सानेपा पुगेका थिए ।

डडेल्धुरामा वडा अधिवेशन हुने थाहा पाएपछि पौडेल समूहले भदौ २४ गते नै सभापति देउवालाई भेटेर सो अधिवेशन रोक्न माग गरेको थियो । अधिवेशनमा प्रहरी प्रशासनको प्रयोग नगर्न सभापति देउवालाई आग्रह गरिएको पौडेलले बताएका थिए । सो भेटमा अधिवेशन नगराउने बताए पनि सभापति देउवाले २५ गते भने अधिवेशन गराइ छाडे ।

जिल्ला सभापति कर्ण मल्लले जिल्लाबाट पठाएका क्रियाशील सदस्यता काटिएको र केन्द्रबाट सिधै नाम थपिएको भन्दै सो विवाद समाधान नभएसम्म वडा अधिवेशन नगराउने जिल्ला कार्यसमितिबाट निर्णय गराएका थिए । तर, सभापति देउवाले भने सो निर्णय नमानेर निर्वाचन गराउन निर्वाचन समितिलाई निर्देशन दिए ।

]]>
http://dhangadhikhabar.com/uploads/congress-woda-adibesan-ddl_20210910122504.jpg डडेल्धुराको अधिवेशन प्रकरणले कांग्रेसमा विवाद चर्कियो http://dhangadhikhabar.com/news/37650
सामाजिक सञ्जालमार्फत ठगहरू सक्रिय, पक्का नगरि कारोबार नगर्न प्रहरीको अनुरोध http://dhangadhikhabar.com/news/37649 Thu, 16 Sep 2021 14:31:27 +0545 http://dhangadhikhabar.com/news/37649 सामाजिक सञ्जालमार्फत आर्थिक ठगी गर्ने क्रम बढिरहेको भन्दै नेपाल प्रहरीले सचेत रहन अनुरोध गरेको छ । सामाजिक सञ्जालमार्फत आर्थिक ठगी गर्ने क्रम बढिरहेको भन्दै नेपाल प्रहरीले सचेत रहन अनुरोध गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले एक विज्ञप्ति निकालेर प्रविधिको दुरुपयोगबाट हुने ठगीबाट बच्नका लागि सामाजिक सञ्जालमा आउने भ्रामक कुरामा विश्वास नगरि सतर्कता अपनाउन अनुरोध गरेको हो ।

केही समयदेखि केही व्यक्ति तथा आपराधिक समूहले प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जालमार्फत चिट्ठा परेको भन्दै चिट्ठाबापतको रकम पाउनका लागि कर चुक्ता गर्न रकम चाहिने भएकाले बैङ्क तथा अनलाइनमार्फत पैसा जम्मा गर्न लगाइ ठगी गर्ने प्रवृति बढिरहेको प्रहरीले जनाएको छ । चिट्ठा परेको भन्दै पैसा मागेमा तुरुन्तै प्रहरीमा खबर गर्न ब्युरोले आग्रह गरेको छ ।

यस्तै विभिन्न व्यक्तिका फेसबुक ह्याक गरी फेसबुक प्रयोगकर्ताका आफन्त र साथीभाइलाई पैसा पठाउन अनुरोध गरेर ठगी गर्ने क्रम पनि बढिरहेको प्रहरीको भनाइ छ ।  परिवारकै सदस्य या साथीभाइले नै सामाजिक सञ्जालकाे माध्यमबाट पैसा मागे पनि एक पटक फोन गरेर पक्का गरेपछि मात्रै पैसाको कारोबार गर्न पनि साइबर ब्युरोको अनुरोध छ ।  

‘केही समयदेखि केही व्यक्ति/आपराधिक समूहले सामाजिक सञ्जाल ह्वाट्सएप, भाइबर, आईएमओ लगायतका माध्यमबाट चिट्ठा परेको भन्दै कर चुक्ता गर्नुपर्ने भएकाले बैंक तथा अनलाइन पेमेन्ट गेटवेमा पैसा जम्मा गर्न लगाइ ठग्ने प्रवृत्ति बढेको छ । यस्ता भ्रामक कुरामा विश्वास नगरि प्रविधिको दुरुपयोगबाट बच्न सतर्कता अपनाउन साइबर ब्युरो अनुरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ । 

]]>
http://dhangadhikhabar.com/uploads/news/social-media-survey-in-nepal.jpg सामाजिक सञ्जालमार्फत ठगहरू सक्रिय, पक्का नगरि कारोबार नगर्न प्रहरीको अनुरोध http://dhangadhikhabar.com/news/37649
प्रहरीलाई टिकटक चलाउन बन्देज http://dhangadhikhabar.com/news/37648 Thu, 16 Sep 2021 14:26:00 +0545 http://dhangadhikhabar.com/news/37648 प्रहरीले टिकटकलगायत मनोरञ्जनका एप चलाउन नपाउने भएका छन् । ओखलढुङ्गामा प्रहरीले टिकटकलगायत मनोरञ्जनका एप चलाउन नपाउने भएका छन्। सामाजिक रुपमा उत्तरदायी बनेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा दिनुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालयले जिल्लामा कार्यरत सबै प्रहरीलाई टिकटकलगायतका मनोरञ्जनमा व्यस्त नहुन निर्देशन दिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेले प्रहरी कर्मचारीलाई सामाजिक सञ्जालको सदुपयोग गर्न निर्देशन दिएका छन्। जिल्ला प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा उनले प्रहरी कर्मचारी ड्यूटीमा रहेका बेला सामाजिक सञ्जालमा व्यस्त हुन नहुने, अन्य समयमा पनि प्रहरीले समाजमा सकारात्मक सन्देश दिने र सामाजिक हितका सामग्री पोष्ट गर्नुपर्ने बताए।

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा तथा मातहतका प्रहरी इकाइमा कार्यरत ४५ जना प्रहरी कर्मचारीलाई प्रहरीले पालना गर्नुपर्ने आचारसंहिता र सामाजिक सञ्जाल प्रयोग सम्बन्धी सचेत गराइएको जिल्ला प्रहरी प्रमुख काफ्लेले बताए।

‘प्रहरीले मनोरञ्जनमा लागेर अलमल गर्न त पाउँदैन। ड्यूटीको समयमा मोबाइल चलाएर टिकटक बनाएर बस्ने कुरा त झन स्वीकार्य हुँदैन,’ उनले भने, ‘प्रहरी कर्मचारीले फेसबुक, ट्वीटर, टिकटकलगायत आफ्नो हितको लागि भन्दा पनि सामाजिक हित र सकारात्मक सन्देश दिने खालका पोष्ट गर्नुपर्नेबारे सचेत गराएका छौँ।’

देशका कतिपय ठाउँमा प्रहरी कर्मचारीले पोशाक वा हतियारको गलत प्रयोग गरेर टिकटक बनाएको पाइएकाले त्यस्ता गतिविधि प्रहरी आचारसंहिता विपरीत रहेकाले त्यसो नगर्न सचेत गराएको उनको भनाइ छ।

कार्यक्रममा प्रहरीको काम कर्तव्यसम्बन्धी पनि समसामयिक विषयमासमेत छलफल भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ।

]]>
http://dhangadhikhabar.com/uploads/news/tiktok.jpeg प्रहरीलाई टिकटक चलाउन बन्देज http://dhangadhikhabar.com/news/37648
बैतडी कारागारमा क्षमताभन्दा तीन गुणा कैदीबन्दी, संक्रामक रोगको जोखिम http://dhangadhikhabar.com/news/37647 Thu, 16 Sep 2021 14:18:07 +0545 http://dhangadhikhabar.com/news/37647 जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा सङ्क्रामक रोगको जोखिम बढेको छ । बैतडी । जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा सङ्क्रामक रोगको जोखिम बढेको छ । पच्चीस जनाको क्षमता रहेको कारागारमा हाल ७५ कैदीबन्दी छन् । तीमध्ये ४२ कैदी र बाँकी थुनुवा रहेका कारागार प्रमुख अनिल तिवारीले जानकारी दिए ।

‘तेब्बर कैदीबन्दी हुँदा यहाँ सरुवा रोगको पनि जोखिम बढेको छ । भौतिक दूरी कायम हुने त कुरै छैन्, कोरोनाको पनि जोखिम छ’ उनले भने, ‘कारागारभित्र ठाउँ नभएर टेण्ट हालेर राखेका छौंँ, व्यवस्थापनमा निकै चुनौती छ ।’

‘कारागार भित्रैको कम्पाउन्डमा दुई टेण्ट हालेका छौंँ, त्यसभित्र आठ शैया लगाएर १३ जनालाई त्यहाँ बसोबासको व्यवस्था गरेका छौंँ’ प्रमुख तिवारीले बताए, ‘व्यवस्थापनमा चुनौती थपिएको छ, ठाउँ अभावमा एउटै शैयामा तीन कैदीबन्दी सुत्ने गरेका छन् ।’

कैदीबन्दीलाई शौचालय प्रयोग र सरसफाइका लागि समेत समस्या हुँदै आएको छ । उनीहरूमा कोरोना सङ्क्रमणको जोखिम बढेकाले बाह्य भेटघाट पनि बन्द गरिएको छ । “सबैले खोप लगाए पनि जोखिम बढ्ने भएकोले बाहिरी भेटघाट बन्द गरेका हौँ ।” प्रमुख तिवारीले भने, ‘विषेश परिस्थिति तथा मुद्दासँग सम्बन्धित भेटघाट भए, ७२ घण्टाभित्रको पिसिआर रिपोर्ट र कोरोना खोप लगाएको कार्ड हेर्ने गरेका छौं ।’

जिल्ला अस्पतालका प्रमुख डा.वसन्तराज जोशीले पनि कारागारमा सङ्क्रामक तथा सरुवा रोगको जोखिम रहेको बताए । उनले भने, ‘थोरै मान्छे बस्नुपर्ने ठाउँमा बढी मान्छे लामो समयसम्म बस्दा जोखिम निकै हुन्छ ।’ यस्तो ठाउँमा क्षयरोग तथा श्वासप्रश्वास सम्बन्धी समस्या बढी देखिने सम्भावना हुन्छ ।

पुरानो र जीर्ण भवन पुनःनिर्माण नहुँदा यहाँ सुरक्षा चुनौती पनि थपिएको छ । वि.सं २०४० मा निर्माण गरिएको कारागार पुनःनिर्माण नहुँदा जीर्ण बनेको हो । नयाँ भवन निर्माणका लागि कारागार व्यवस्थापन विभागमा लागत अनुमानसहितको योजना पठाइए पनि कहिले बन्ने भन्ने टुङ्गो छैन ।

प्रमुख तिवारीले भने, ‘नयाँ भवन बन्ने कुराको टुङ्गो लागेको छैन् ? चार करोडभन्दा बढीको लागत इस्टमेट गरेर पठाइएको थियो ।’ कारागार सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ ।

]]>
http://dhangadhikhabar.com/uploads/baitadi-karagar_20210228112346.jpg बैतडी कारागारमा क्षमताभन्दा तीन गुणा कैदीबन्दी, संक्रामक रोगको जोखिम http://dhangadhikhabar.com/news/37647
सुदूरपश्चिम प्रदेशमा नेकपा (एस) को संसदीय दलको कार्यालय स्थापना http://dhangadhikhabar.com/news/37646 Thu, 16 Sep 2021 13:56:03 +0545 http://dhangadhikhabar.com/news/37646 सुदूरपश्चिम प्रदेश सभामा नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको कार्यालय स्थापना भएको छ । धनगढी । सुदूरपश्चिम प्रदेश सभामा नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको कार्यालय स्थापना भएको छ ।

बिहीबार दलका नेता दीर्घ सोडारीले सो बोर्ड लगाएर दलको कार्यालय उद्घाटन गरे । सो अवसरमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी सहित र प्रदेश सभा सदस्यहरुको उपस्थिति थियो ।

प्रदेश सभा भवन नजिकै रहेको सो दलको कार्यालय पहिले एमाले र माओवादी मिल्दा बनेको नेकपाले प्रयोग गरेको थियो ।

]]>
http://dhangadhikhabar.com/uploads/nekapa-yes-supa_20210916135558.jpg सुदूरपश्चिम प्रदेशमा नेकपा (एस) को संसदीय दलको कार्यालय स्थापना http://dhangadhikhabar.com/news/37646
हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन http://dhangadhikhabar.com/news/37645 Thu, 16 Sep 2021 13:50:44 +0545 http://dhangadhikhabar.com/news/37645 नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ ।

नेपाल–चीन संयुक्त लगानीको हिमालय एयरलाइन्सले यसै हप्ता आफ्ना सबै जहाज (तीन वटा एअरबस ३२० र एउटा एअरबस ३१९) मा अटोमेटेड, बाह्यरुपमा प्रयोग गर्न मिल्ने त्यस जीवनदायी मेसिन राखिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।

अब हिमालयका जहाजमा यात्रा गर्दा विगतभन्दा निकै सुरक्षित, विश्वसनीय र आरामदायी हुनेछ । अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर एक यस्तो जीवनदायी मेसिन हो, जसले बिरामीको हृदयगति अकस्मात् बन्द हुँदा वा हुन लाग्दा त्यसलाई रोकी हृदयगति सञ्चालन राख्न मद्दत गर्दछ ।

यो मेसिन राख्ने एयरलाइन्सको जहाज नेपालकै पहिलो र एक मात्र भएको कम्पनीले बताएको छ । यस कार्यबाट आकाशमा जहाज उडिरहँदा भवितव्यवश यदि कुनै यात्रुमा श्वास–प्रश्वास बन्द हुने वा हृदयगति बन्द हुने जटिल समस्या आइपरेमा त्यस्ता बिरामीको निदान गरी ज्यानै जान लागेका व्यक्तिलाई बचाउने कार्य गर्दछ ।

यात्रुको हृदयगति बन्द भएमा, नाडी बन्द भएमा वा श्वास–प्रश्वास रोकिएमा यस मेसिनको सहायताले बिरामीको मुटुमा एक प्रकारको दबाब दिएर मुटु, श्वास–प्रश्वास र नाडीको गति पुनः कायम गराउन सकिन्छ र बिरामीको जीवन बच्न सक्छ । विगत केही हप्तादेखि एयरलाइन्सका सबै उडान कर्मचारीलाई त्यस जीवनदायी मेसिनको प्रयोगबारे अभिमुखीकरण समेत गरिएको विज्ञप्तिमा जनाइएको छ ।

एयरलाइन्सले यस्ता मेसिन आफ्नो प्रधान कार्यालय तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेकाे ग्राउण्ड ह्याण्डलिङ कार्यालयमा समेत जडान गरी आफ्ना सम्पूर्ण कर्मचारीको स्वास्थ्य–सुरक्षाको समेत प्रत्याभूति गराएको छ । एयरलाइन्सले आफ्ना ग्राउण्डका सबै कर्मचारीलाई समेत याे डफिब्रिलेटरको प्रयोगबारे बृहत् तालिम दिएको छ ।  

]]>
http://dhangadhikhabar.com/uploads/Himalaya1_20210916135039.jpg हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन http://dhangadhikhabar.com/news/37645
सुदूरपश्चिमका पहाडी जिल्लामा इमेल मार्फत प्रश्नपत्र पठाएर कक्षा १२ को परीक्षा सञ्चालन http://dhangadhikhabar.com/news/37644 Thu, 16 Sep 2021 13:46:23 +0545 http://dhangadhikhabar.com/news/37644 सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका विद्यालयहरूमा इमेलमार्फत प्रश्नपत्र पठाएर कक्षा १२ को परीक्षा सञ्चालन भइरहेकाे छ । अमरगढी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका विद्यालयहरूमा इमेलमार्फत प्रश्नपत्र पठाएर कक्षा १२ को परीक्षा सञ्चालन भइरहेकाे छ ।

कोभिड १९ का कारण स्थगित भएको कक्षा १२ को परीक्षा होम सेन्टरबाटै भदौ ३० गतेबाट सुरु भए पनि सबै विद्यालयमा प्रश्नपत्र पुर्‍याउन सम्भव नभएपछि इमेलमार्फत विद्यालयहरूमा प्रश्नपत्र पठाएर परीक्षा सञ्चालन भइरहेको राष्ट्रिय परीक्षा बोर्ड डडेलधुराका प्रमुख नारदप्रसाद जोशीले बताउनुभयो ।

उहाँले भन्नुभयो जसरी भए पनि परीक्षा सञ्चालन गर्नुपर्ने अवस्था आयो सबै परीक्षा केन्द्रमा पेपर पुगाउन सम्भव नभएकोले राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले इमेल मार्फत प्रश्न पत्र पठाउने गरेको छ । 

परीक्षा सञ्चालन हुनुभन्दा ३० मिनेट अगाडि इमेलमार्फत प्रश्नपत्र  पठाउने गरेको राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीका शाखा अधिकृत दिलबहादुर नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका २ सय ६२ केन्द्रमध्ये ७८ वटा केन्द्रमा पेपर पुगेको र बाँकी १ सय ८४ वटा परीक्षा केन्द्रमा इमेलमार्फत पेपर पठाएर परीक्षा सञ्चालन गरिरहेका छौ ।

भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षामा सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाहरु डडेल्धुरा,बैतडी,दार्चुला, बाजुरा,बझाङ,डोटी र अछामका १५ हजार ३ सय विद्यार्थीले परीक्षा फारम भरेको  तथ्याङ्क रहेको राष्ट्रिय परीक्षा बोर्ड डडेल्धुरामा छ । गोरखापत्रबाट

]]>
http://dhangadhikhabar.com/uploads/email867_20210916134615.jpg सुदूरपश्चिमका पहाडी जिल्लामा इमेल मार्फत प्रश्नपत्र पठाएर कक्षा १२ को परीक्षा सञ्चालन http://dhangadhikhabar.com/news/37644
प्रेमिकालाई प्रेमीको अनौठो धम्की : कोरोना खोप लगाए ‘ब्रेकअप’ http://dhangadhikhabar.com/news/37643 Thu, 16 Sep 2021 13:37:33 +0545 http://dhangadhikhabar.com/news/37643 कोरोना भाइरस संक्रमणबाट जोगिन विश्वभर खोप अभियान सञ्चालन भइरहेको छ । कोरोना भाइरस संक्रमणबाट जोगिन विश्वभर खोप अभियान सञ्चालन भइरहेको छ । सर्वसाधारणले कोरोना खोपको व्यग्र प्रतीक्षा गरिरहेका छन् । तर बेलायतमा अनौठो घटना सार्वजनिक भएको छ, जहाँ प्रेमीले प्रेमिकालाई कोरोना विरुद्धको खोप नलगाउन धम्की दिएका छन् ।

स्थानीय सञ्चारमाध्यम ‘मिरर यूके’मा प्रकाशित रिपोर्टअनुसार सामाजिक सञ्जाल रेडडिटमा ती युवतीले राय मागेकी छन् । कोरोनाको पहिलो डोज खोप लगाइसकेकी ती युवतीलाई प्रेमीले दोस्रो डोज नलगाउन धम्की दिएका छन् ।

ती युवतीले सामाजिक सञ्जालमा भनेकी छन्, ‘प्रेमीले मलाई दोस्रो डोज खोप नलगाउन धम्की दिएका छन् । यदि दोस्रो डोज खोप लगाएमा छाडिदिने अर्थात् ब्रेकअप हुने धम्की दिएका छन् ।’ शुरूमा त ती युवतीले प्रेमीले मजाक गरिरहेका सोचेकी थिइन् तर पछि साँच्चिकै धम्की दिएको थाहा पाइन् । 

यदि कोरोनाको दोस्रो डोज खोप नलगाएमा ती युवतीको पढाइ छुट्नेछ, खोप लगाएमा प्रेमी छुट्नेछ । ती युवती दोधारमा परेकी छन् ।

त्यही भएर युवतीले सामाजिक सञ्जालमा सुझाव मागेकी छन् । सामाजिक सञ्जालका प्रयोगकर्ताले प्रेमीलाई छाडेर भएपनि कोरोनाको दोस्रो डोज खोप लगाउन र आफ्नो पढाइ पूरा गर्न सुझाव दिएका छन् ।

]]>
http://dhangadhikhabar.com/uploads/love-break-up_20200904120023.jpg प्रेमिकालाई प्रेमीको अनौठो धम्की : कोरोना खोप लगाए ‘ब्रेकअप’ http://dhangadhikhabar.com/news/37643
जीप दुर्घटना हुँदा एकै परिवारका तीन जनाको ज्यान गयो http://dhangadhikhabar.com/news/37642 Thu, 16 Sep 2021 13:29:59 +0545 http://dhangadhikhabar.com/news/37642 यात्रुवाहक जिप बिहीबार बिहान रामेछापको मन्थली नगरपालिका–६ कुनौरी भिरमा दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु भएको छ । काठमाडौंबाट ओखलढुंगाको खिजी जाँदै गरेको यात्रुवाहक जिप बिहीबार बिहान रामेछापको मन्थली नगरपालिका–६ कुनौरी भिरमा दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठका अनुसार प्रदेश ३–०१–०२३ च ३५१३ नम्बरको जिप दुर्घटनामा मृत्यु भएका मध्ये चालक लाक्पा शेर्पाको मात्र पहिचान खुलेको छ । अन्य दुई जनाको सनाखत हुन सकेको छैन ।

दुर्घटनामा घाइते भएका १२ वर्षीय पेम्बा शेर्पालाई उपचारका लागि मन्थली अस्पताल पठाइएको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । पुष्पलाल मार्गमा पर्ने उक्त भिरमा साँघुरो सडकका कारण यसअघि पनि पटकपटक दुर्घटना हुने गरेको छ ।

]]>
http://dhangadhikhabar.com/uploads/jeep-accident-darchaulaa_20210306203141.jpg जीप दुर्घटना हुँदा एकै परिवारका तीन जनाको ज्यान गयो http://dhangadhikhabar.com/news/37642
ढिलासुस्ती र सर्त विपरीत काम हुँदा कतारले नेपालबाट प्रहरी भर्ना लिन मानेन http://dhangadhikhabar.com/news/37641 Thu, 16 Sep 2021 13:23:54 +0545 http://dhangadhikhabar.com/news/37641 कतारले नेपालबाट लिने भनेको कतार प्रहरीको माग रद्द गरेको छ । कतारले नेपालबाट लिने भनेको कतार प्रहरीको माग रद्द गरेको छ । अहिलेलाई कतार प्रहरीमा नेपाली भर्ना नगर्ने कतारले प्रष्ट पारेको छ । कतारले अघिल्लो वर्ष नै नेपालबाट प्रहरीको लागि माग भइ आएकोमा नेपाल सरकारले तदारुकता नदेखाउँदा त्यो माग अन्तैबाट पूर्ति गरेको कतारमा रहेको नेपाली दूतावासले जनाएको छ ।

कतारको आन्तरिक मन्त्रालयबाट नेपालको अल तकेत ओभरसिज कम्पनीमार्फत कतार प्रहरीको लागि दुई सय जना भर्ना लिने भनि दूतावासमा मागपत्र प्रमाणीकरणको लागि पेस गरेको थियो । दूतावासका अनुसार गएको २९ अगष्टमा त्यो मागपत्र प्रमाणीकरण गरि कतारको सम्बन्धित मन्त्रालयमा पठाइएको थियो । तर सेप्टेम्बर १४ मा कतारको आन्तरिक मन्त्रालयले त्यो माग अन्तैबाट पूर्ति गरिसकेको भनेर सूचना जारी गरेको दूतावासले जनाएको छ ।

ढिलासुस्ती र सर्तविपरीत भर्ना थाल्दा माग रद्द

कतारले अघिल्लो वर्षको मंसिरबाटै नेपालीलाई कतारी प्रहरीमा भर्ना लिने भनेको थियो । तर नेपाल सरकार र म्यानपावरबीच कुरा नमिल्दा प्रक्रिया अगाडि बढेको थिएन । 

कतारमा रहेको नेपाली दूतावासबाट मागपत्र प्रमाणीकरणको लागि नेपालको श्रम मन्त्रालयमा पठाए पनि यहाँको आन्तरिक ढिलासुस्तीका कारण मागपत्र प्रमाणीकरण हुन सकेन । तर अल तकेत ओभरसिजले भने मागपत्र पमाणीकरण नभइ गएको मंसिरमा अन्तर्वार्ता लिएको थियो । जसको लागि कतारबाटै अन्तर्वार्ता लिने टोलीसमेत आएको थियो । 

मागपत्र प्रमाणीकरण नभएरै अन्तार्वार्ता लिएको भनेर वैदेशिक रोजगार विभागले पनि हस्तक्षेप गरेको थियो । यस्तै कतार सरकारले कतार प्रहरीको छनौटको लागि कुनै शुल्क नलिने भन्ने सर्त राखेको थियो । सर्त विपरीत तकेत ओभरसिजले ठूलो रकम असुल गरेको थियो । यो विषय सञ्चारमाध्यममा आएपछि कतार सरकार पनि सतर्क बनेको थियो ।

ओभरसिजले प्रतिव्यक्ति ७ देखि १० लाख रुपैयाँसम्म रकम उठाएको बाहिर आएको थियो । यसरी आफ्नो सर्तको पनि पालना नगरेको र ढिलासुस्ती गरेका कारण कतार सरकारले प्रहरी भर्नाबाट हात झिकेको कतारमा रहेको नेपाली दूतावासको भनाइ छ ।

अब कतार सरकारले प्रहरी भर्ना नलिने भएपछि कतार प्रहरीमा जान तयार रहेकाहरु आफ्नो त्यति रकम के हुने भन्नेबारे चिन्तित छन् । कतार जान म्यानपावरलाई बुझाएको रकम सम्बन्धित व्यक्तिले पाउनुपर्ने दूतावासको भनाइ छ । 

]]>
http://dhangadhikhabar.com/uploads/qatar_police_20210916132349.jfif ढिलासुस्ती र सर्त विपरीत काम हुँदा कतारले नेपालबाट प्रहरी भर्ना लिन मानेन http://dhangadhikhabar.com/news/37641
इन्डोनेसियाबाट १५ दिन भित्र युरिया मल नेपाल आइपुग्ने, अभाव नहुने http://dhangadhikhabar.com/news/37640 Thu, 16 Sep 2021 12:57:13 +0545 http://dhangadhikhabar.com/news/37640 किसानले धान लगायत अन्यबालीमा रासायनिक मल प्रयोग गर्न नपाएको गुनासो बडेसँगै कृषि सामाग्री कम्पनीले १५ दिन भित्र मल नेपालमा भित्र्याउने तयारी थालेको छ । किसानले धान लगायत अन्यबालीमा रासायनिक मल प्रयोग गर्न नपाएको गुनासो बडेसँगै कृषि सामाग्री कम्पनीले १५ दिन भित्र मल नेपालमा भित्र्याउने तयारी थालेको छ । इन्डोनेसियाबाट मल खरिद प्रकृया अघि बढेकाले असोज १५ गतेसम्ममा युरियामल नेपाल आई पुग्ने कृषि सामाग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णुप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

चीनबाट खरिद गरिएकाले डिएपी मल लोड भई सकेको जनाउदै आउने असोज २० सम्ममा मल नेपाल आइपुग्ने उहाँले जानकारी दिनुभयो । किसानले धान लगायतका अन्य मुख्यबालीमा रासायनीक मल प्रयोग गर्ने समय अन्तिम भए पनि मल प्रयोग गर्न नपाएको राष्ट्रिय कृषक समूह महासंघ नेपालका अध्यक्ष नवराज बस्नेतले गुनासो गर्नुभयो । पर्याप्त मल खरिद गर्न नपाउदाँ धान उत्पादनमा समेत असर पर्ने भन्दै किसानले यस अघि बाली हुर्किने समयमै तत्काल मल उपलब्ध गराउन पटक पटक माग गरेको उहाँको भनाई छ । यता कृषि सामाग्री कम्पनीले भने आफूहरुसँग हाल २४ सय टन युरिया, ३६० टन डिएपी र ११ सय टन पोटास मल मौज्दात रहेको र आफुहरुसँग किसानले माग नगरेको पोखरेलले बताउनुभयो ।

आर्थिक वर्ष २०७६÷०७७ मा कम्पनीले एक लाख ८२ हजार पाँच सय युरिया, एक लाख १४ हजार पाँच सय डिएपी र सात हजार पाँच सय मेट्रिकटन पोटास गरी जम्मा तीन लाख चार हजार पाँच सय मेट्रिकटन मल खरिद गरेको थियो । यो अघिल्लो वर्षको तुलनामा बढी रहेको उहाँले जानकारी दिनुभयो । कम्पनीले आर्थिक वर्ष २०७५÷०७६ मा युरिया एक लाख ४० हजार मेट्रिकटन , डिएपी ७० हजार, पोटास पाँच हजार गरी जम्मा दुई लाख १५ हजार मेट्रिकटन मात्र मल खरिद गरेको थियो । चालु वर्षमा भने मलको माग बढेसँगै थप मल खरिद गरिएको कम्पनीले जनाएको छ । हामी किसानलाई मलको समस्या हुन दिन्नौ, प्रवक्ता पोखरेलले भन्नुभयो ।

मल अभाव हुन नदिन भन्दै सरकारले कृषि सामाग्री कम्पनी लिमिटेड, साल्ट टे«डिङ कर्पोरेसन लिमिटेडलाई रासायनिक मल आपूर्ति र व्यवस्थापनको जिम्मा दिएको छ । हाल ७० प्रतिशत कृषि सामाग्री र ३० प्रतिशत साल्ट ट्रेडिङले आपूर्ति गर्दै आएको कम्पनीले जनाएका छन् । धानवालीका लागि मल वितरण गरी सकेको र गहुँबालीका लागि युरिया र डिएपी मलको व्यवस्थापन गर्न इन्डोनेसियाबाट युरिया र चीनबाट डिएपी मल खरिद प्रकृया शुरु गरी सकेको कम्पनीले जनाएको छ ।

कम्पनीले सातै प्रदेशबाट माग अनुसारको मल वितरण गर्न रासायनिक मल ढुवानीका लागि भदौ १६ गते सूचना जारी गरेको थियो । कम्पनीले विराटनगर, सोनापुर, विरगंज, भैरहवा क्षेत्रका लागि गरी जम्मा ४३ हजार नौ सय मेट्रिकटन मल ढुवानी असोज १५ गतेभित्र व्यवस्थान समेत टुङगो लगाउने जनाएको छ । सरकारले आर्थिक वर्ष २०७८÷०७९ को बजेटबाट तीन वर्ष भित्र रासायनिक मलको कारखाना खोल्ने जनाएको छ ।

]]>
http://dhangadhikhabar.com/uploads/mal10_20210209111557.jpg इन्डोनेसियाबाट १५ दिन भित्र युरिया मल नेपाल आइपुग्ने, अभाव नहुने http://dhangadhikhabar.com/news/37640
कोरोनाविरुद्धको ४४ लाख डोज खोप लिन नेपाल एयरलाइन्सको विमान चीन जाँदै http://dhangadhikhabar.com/news/37639 Thu, 16 Sep 2021 12:44:32 +0545 http://dhangadhikhabar.com/news/37639 चीनबाट खरिद गरिएको ४४ लाख डोज कोरोनाविरुद्धको भेरोसेल खोप लिन आज नेपाल एयरलाइन्सको विमान चीन जाँदै छ । चीनबाट खरिद गरिएको ४४ लाख डोज कोरोनाविरुद्धको भेरोसेल खोप लिन आज नेपाल एयरलाइन्सको विमान चीन जाँदै छ ।

सरकारले चीनसँग पछिल्लो पटक ६० लाख डोज भेरोसेल खोप खरिद गरेको थियो । जसमध्ये १६ लाख डोज खोप भदौ ४ र ५ गते नै आइसकेको छ ।

खरिद गरेको बाँकी ४४ लाख डोज खोप लिन साँझ पौने ६ बजे विमान चीन जान लागेको हो । खोप लिएर विमान भोलि नेपाल आइपुग्नेछ ।

]]>
http://dhangadhikhabar.com/uploads/Nepal-Airlines-Airbus_20210816143338.jpg कोरोनाविरुद्धको ४४ लाख डोज खोप लिन नेपाल एयरलाइन्सको विमान चीन जाँदै http://dhangadhikhabar.com/news/37639
डुबेर कञ्चनपुरका एक युवकको मृत्यु http://dhangadhikhabar.com/news/37638 Thu, 16 Sep 2021 12:16:02 +0545 http://dhangadhikhabar.com/news/37638 कञ्चनपुरमा नहरमा डुबेर एक युवकको ज्यान गएको छ। कञ्चनपुर । कञ्चनपुरमा नहरमा डुबेर एक युवकको ज्यान गएको छ। बुधबार बेदकोट नगरपालिका १० बस्ने ३५ वर्षीय लक्ष्मण पन्त डुबेर बेपत्ता भएका थिए।

खोजी गर्ने क्रममा उनको शव बिहीबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएका छ। बेदकोट नगरपालिका स्थित दैजी–बेलडाँडी सडक खण्डसँगै रहेको नहरमा पौडी खेल्ने क्रममा उनी बेपत्ता भएका थिए।

]]>
http://dhangadhikhabar.com/uploads/news/dubyo-river.jpg डुबेर कञ्चनपुरका एक युवकको मृत्यु http://dhangadhikhabar.com/news/37638
सेती प्रयोगशालामा भएको परिक्षणमा थप १४ जनामा कोरोना पुष्टि http://dhangadhikhabar.com/news/37637 Thu, 16 Sep 2021 11:56:10 +0545 http://dhangadhikhabar.com/news/37637 सेती प्रादेशिक अस्पताल अस्पतालको प्रयोगशालामा बिहिबार १४ जनामा कोरोना पुष्टि भएको छ । धनगढी । सेती प्रादेशिक अस्पताल अस्पतालको प्रयोगशालामा बिहिबार १४ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा  ७३ जनाको नमूनाको कोरोना परिक्षण गरिएकोमा १४ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमित अस्पतालमा भर्ना भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए ।

उनका अनुसार हाल अस्पतालमा १९ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ८ जनाको आइसियु र ५ जनाको भेन्टिलेटरमा उपचार भईरहेको जनाएको छ । 

]]>
http://dhangadhikhabar.com/uploads/1596366499corona-test-sudurpashim_20210523165236.jpg सेती प्रयोगशालामा भएको परिक्षणमा थप १४ जनामा कोरोना पुष्टि http://dhangadhikhabar.com/news/37637
बैतडीमा सवारी दुर्घटना परि घाइते एक जनाको विमानमार्फत उद्धार http://dhangadhikhabar.com/news/37636 Thu, 16 Sep 2021 11:41:53 +0545 http://dhangadhikhabar.com/news/37636 दशरथचन्द राजमार्गमा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनालाई विमानमार्फत उद्धार गरिएको छ । बैतडी । दशरथचन्द राजमार्गमा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनालाई विमानमार्फत उद्धार गरिएको छ । उद्धार गरिनेमा पाटन नगरपालिका–६ का ३६ वर्षीय उद्धव जोशी रहेका छन् ।

घाइते जोशीको अवस्था गम्भीर रहेकाले समीट एयरको विमानमार्फत बुधबार अपराह्न थप उपचारका लागि नेपालगञ्ज पठाइएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए। जोशीको टाउकामा गम्भीर चोट लागेको छ ।

स्थलमार्गबाट उपचारका लागि लैजान ढिलाइ हुने भएकाले विमान चार्टर गरिएको हो ।राजमार्गअन्तर्गत पाटन–६ बेडौतीमा बुधबार से१ज ६३४ नम्बरको जिप र भे७प ४३४५ मोटरसाइकल एकापसमा ठोक्किदा तीन जना घाइते भएका थिए ।

मोटरसाइकल चालक उद्धवसहित उनीसँगै सवार पाटन–६ का ७३ वर्षीय अन्तराम पन्त र जिप चालक पाटन–१ का २३ वर्षीय ज्ञानेन्द्र भट्टराई घाइते भएका थिए ।

]]>
http://dhangadhikhabar.com/uploads/news/helicoptor_1.jpg बैतडीमा सवारी दुर्घटना परि घाइते एक जनाको विमानमार्फत उद्धार http://dhangadhikhabar.com/news/37636
७ सयले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ? http://dhangadhikhabar.com/news/37635 Thu, 16 Sep 2021 11:23:50 +0545 http://dhangadhikhabar.com/news/37635 नेपाली बजारमा आज (बिहीबार) छापावाल सुनको मूल्य प्रतितोलामा ७०० रुपैयाँ घटेको छ । नेपाली बजारमा आज (बिहीबार) छापावाल सुनको मूल्य प्रतितोलामा ७०० रुपैयाँ घटेको छ । हिजो यो गुणस्तरको सुनको मूल्य ९१ हजार २०० रुपैयाँ थियो । आज मूल्य घटेर ९० हजार ५०० रुपैयाँमा झरेको हो ।

यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोलामा ७०० रुपैयाँ नै घटेको छ । बुधबार ९० हजार ७०० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको भाउ आज ९० हजार रुपैयाँमा झरेको हो ।

चाँदीको मूल्य भने स्थिर छ । चाँदी चार दिनयता प्रतितोला १२०० रुपैयाँमा कारोबार भइरहेको छ ।

]]>
http://dhangadhikhabar.com/uploads/gold-sun_20201130112141.jpg ७ सयले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ? http://dhangadhikhabar.com/news/37635
‘म पार्टी फुटाउने नभई पार्टी एकतालाई जोड दिनतर्फ अग्रसर छु’ : भीम रावल http://dhangadhikhabar.com/news/37634 Thu, 16 Sep 2021 11:10:23 +0545 http://dhangadhikhabar.com/news/37634 पाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय उपाध्यक्ष डा भीमबहादुर रावलले आफूले राजनीति देश र जनताको सेवाका लागि गरेको बताउनुभएको छ । डोटी । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय उपाध्यक्ष डा भीमबहादुर रावलले आफूले राजनीति देश र जनताको सेवाका लागि गरेको बताउनुभएको छ । गृह जिल्ला अछाम जाने क्रममा आज यहाँ रहेका पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाटका क्रममा उहाँले आफूले व्यक्तिगत स्वार्थ तथा पदका लागि राजनीति नगरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “म स्वार्थका लागि राजनीति गर्ने व्यक्ति होइन, पार्टी फुट्नु आफैमा दुःखद् भएको तर नेकपा एमालेलाई अझै एकताबद्ध बनाउन दशबुँदे सहमतिको पूर्णरुपमा कार्यान्वयन गर्न गराउन पार्टी नेतृत्वसँग लागिपरेको छु ।” राजनीति गर्दा आफ्नो व्यक्तित्व विकास भएको भए पनि देश र जनतालाई शिरोपर गरेर आफूले राजनीति गरेको उहाँको भनाइ थियो ।

राजनीति गर्दा देश र जनतालाई बिर्सियो भने त्यो कदापि काम नलाग्नेसमेत उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मैले पार्टी फुटाउन जोड दिएको भन्ने कुरा सरासर गलत हो, म पार्टी फुटाउने नभई पार्टी एकतालाई जोड दिनतर्फ अग्रसर भएको छु ।” साथै उहाँले माधवकुमार नेपालको पार्टीको विधान मस्यौदा तयार गर्ने आफू रहेको भन्ने कुराको पनि खण्डन गर्दै उक्त हल्लामा कुनै सत्यता नरहेको जानकारी गराउनुभयो ।

नेता रावलले अहिलेको जटिल परिस्थितिमा एमालेप्रति चिन्ता व्यक्त गर्ने सम्पूर्ण नेता कार्यकर्ता तथा शुभचिन्तकले पार्टी एकता प्रक्रियालाई अझै सशक्त बनाउन सबैलाई एकताको सन्देश दिन आग्रहसमेत गर्नुभयो । उहाँले अहिलेको सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशले कुनै पनि दल जुनसुकै बेलामा फुटेर जानसक्ने र दल फुट्नु भनेको नै लोकतन्त्र कमजोर हुने कुरा भएको बताउनुभयो ।

]]>
http://dhangadhikhabar.com/uploads/bhim-rawal123_20201122160855.jpg ‘म पार्टी फुटाउने नभई पार्टी एकतालाई जोड दिनतर्फ अग्रसर छु’ : भीम रावल http://dhangadhikhabar.com/news/37634
हतारमा विद्यालय नखोल्न स्वास्थ्य मन्त्रालयको निर्देशन http://dhangadhikhabar.com/news/37633 Thu, 16 Sep 2021 09:22:10 +0545 http://dhangadhikhabar.com/news/37633 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज स्वास्थ्य मन्त्रालयले गरेको छलफलमा हतारमा विद्यालय नखोल्न निर्देशन दिएको मन्त्रायलका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनले विद्यालय खोल्न वा नखोल्ने त्यहाँका रहेको स्थानीय तहले निर्धारण गर्ने बताए । मन्त्रालयले विद्यालय खोल्नुभन्दा अगाडि नजिकैको स्वास्थ्य संस्था र स्थानीय निकायसँग समन्वय गर्नसमेत निर्देशन दिएको छ । उनले स्थानीय तहमा रहेको कोभिड–१९ को जोखिम आँकलन गरी जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसका आधारमा शिक्षा मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७ पालना गरी मात्रा विद्यालय खोल्न भनिएको बताए ।

शिक्षक, कर्मचारी र विद्यार्थीलाई कोभिड–१९ सँग आवश्यक अभिमुखीकरण गरी विद्यालय खोल्न निर्देशन दिएको छ । विद्यालयले यही असोज १ गतेदेखि खोल्ने तयारी गरिएको छ । विद्यालय खोल्नुअघि ती ठाउँमा परीक्षण र उपचारको व्यवस्था समुचित व्यवस्था मिलाउनुसमेत भनिएको छ ।

]]>
http://dhangadhikhabar.com/uploads/ministry-of-health_20210916092206.jpg हतारमा विद्यालय नखोल्न स्वास्थ्य मन्त्रालयको निर्देशन http://dhangadhikhabar.com/news/37633
रोकियो सङ्घीय सरकारी खर्च http://dhangadhikhabar.com/news/37632 Thu, 16 Sep 2021 09:14:43 +0545 http://dhangadhikhabar.com/news/37632 चालू आर्थिक वर्ष ०७८/७९ को अध्यादेश बजेटको प्रतिस्थापन विधेयक संसद्बाट समयमा पारित नभएपछि देशमा बजेटविहीनताको अवस्था आएको छ । चालू आर्थिक वर्ष ०७८/७९ को अध्यादेश बजेटको प्रतिस्थापन विधेयक संसद्बाट समयमा पारित नभएपछि देशमा बजेटविहीनताको अवस्था आएको छ । साउन ३ गते प्रतिनिधि सभामा प्रस्तुत सो विधेयकका प्रतिस्थान विधेयक बुधबारसम्म पारित हुनुपर्ने थियो । वि.सं. २००८ देखि नेपालको बजेटको इतिहासमा यस्तो अवस्था पहिलो पटक आएको हो ।

विधायिकाको स्वीकृतिबिना खर्च गर्न नहुने प्रावधानकै कारण बुधबार रातिदेखि सङ्घीय सरकारी खर्च रोक्का भएको हो । सरकारी खर्च केही दिन रोकिने भए पनि राजस्व सङ्कलन भने नरोकिने जनाइएको छ । अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेट वर्तमान सरकारले प्रतिस्थापन विधेयकमार्फत संशोधन गरेकोमा प्रमुख प्रतिपक्षी दलले संसदीय कारबाही अवरुद्ध गर्दा बजेट पारित कार्य प्रभावित भएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले बजेटविहीनताको अवस्थाले सरकारी भुक्तानी अवरुद्ध हुने भए पनि अल्पकालीन समस्या भएकाले अर्थ प्रणालीमा त्यति ठूलो समस्या नआउने जानकारी दिनुभयो । सङ्घीय संसद्मा जारी अवरोध हटाउन प्रयास भइरहेको र त्यसले छिट्टै प्रतिस्थापन विधेयक पारित हुने उहाँले बताउनुभयो ।

संसद्मा अर्थमन्त्री शर्माले पेस गर्नुभएको प्रतिस्थापन विधेयक पारित हुन नपाएका कारण देश आंशिक रूपमा बजेटविहीनताको अवस्थामा पुगेको हो । अघिल्लो सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशमार्पmत जेठ १५ गते पेस गर्नुभएको बजेट बुधबारभित्र संसद्बाट पारित भइसक्नुपर्ने थियो ।

नेपालको संविधानको धारा ११४ अनुरूप कुनै पनि अध्यादेश संसद् सुरु भएको ६० दिनभित्र स्वीकृत नभएमा स्वतः निष्क्रिय हुन्छ तर अध्यादेशको स्थानमा प्रतिस्थापन विधेयकलाई भने संसद्ले स्वीकार गरेको छ ।अर्थमन्त्री शर्माले प्रतिनिधि सभामा विनियोजन अध्यादेशका केही प्रावधान संशोधन गर्दै प्रतिस्थापन विधेयक संसद्मा पेस गर्नुभएको थियो तर सो विधेयक पारित हुन सकेको छैन ।

सरकारले आगामी असोज ४ गतेका लागि बोलाइएको प्रतिनिधि सभा बैठकमार्पmत सो विधेयक पारित गराउने अपेक्षा गरेको छ । “प्रतिपक्षीले संसद् अवरुद्ध गरेकाले प्रतिस्थापन विधेयक मङ्गलबार पारित हुन नसकेको हो, केन्द्र सरकारको भुक्तानी रोकिए पनि त्यसले अर्थतन्त्रलाई नै असर गर्ने भन्ने होइन,” अर्थमन्त्री शर्माले स्पष्ट पार्नुभयो, “राजनीतिक तहमा संवाद जारी छ, बजेटविहीनताको अवस्था छिटै अन्त्य हुन्छ ।”

प्रतिस्थापन विधेयक दुवै सदनबाट पारित भएर राष्ट्रपतिले अनुमोदन नगरेसम्म बजेटविहीनताको अवस्था रहन्छ । यो अवस्थाले संविधानको धारा ११७ बमोजिम सङ्घीय सञ्चित कोषमा व्ययभार हुने रकम निकासा हुन पाउँदैन । अर्थमन्त्री शर्माका अनुसार तलब भत्तालगायत भदौको अधिकांश नियमित भुक्तानी भइसकेको र असोज लाग्नासाथ बजेट पारित हुने भएकाले ठूलो समस्या नआउने भएको हो ।

“ठेक्का रकम भुक्तानी केही दिन रोकिए पनि विकास निर्माण रोकिँदैन, पेस्कीबाट काम जारी हुन्छ”, उहाँले भन्नुभयो– “त्यसबाहेक प्रदेश र स्थानीय तहको आफ्नै बजेट परिचालन पनि नियमित हुने भएकाले त्यहाँबाट हुने निकासा प्रभावित हुने छैन ।”

खर्च गर्न नपाए पनि राजस्व सङ्कलन भने नियमित हुनेछ । भदौ २५ गतेको संसद् बैठकले आर्थिक अध्यादेश पारित गरेकाले राजस्व गैरकर सङ्कलन अनुदान सोधभर्नालगायतका रकम सङ्कलन भने गर्न बाधा छैन । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

]]>
http://dhangadhikhabar.com/uploads/ministry-of-finance_20210916091439.jpg रोकियो सङ्घीय सरकारी खर्च http://dhangadhikhabar.com/news/37632
कञ्चनपुरको बन्धातालमा डुबेर सशस्त्र प्रहरीका जवानको मृत्यु http://dhangadhikhabar.com/news/37631 Thu, 16 Sep 2021 09:08:59 +0545 http://dhangadhikhabar.com/news/37631 कञ्चनपुरको बेलौरी नगरपालिकामा पर्ने पर्यटकीय क्षेत्र बन्धातालमा डुबेर सशस्त्र प्रहरीका एक जवानको मृत्यु भएको छ । कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकामा पर्ने पर्यटकीय क्षेत्र बन्धातालमा डुबेर सशस्त्र प्रहरीका एक जवानको मृत्यु भएको छ । बुधबार दिउँसो साढे ३ बजेको समयमा साथीहरुसंगै बन्धातालमा पौडी खेल्ने क्रममा बेलौरी नगरपालिका ३ खिरिया घर भएका जितबहादुर चौधरीको डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलौरीले जनाएको  छ।

बन्धातालमा पौडिने क्रममा युवक वेपत्ता भएको खबर पश्चात् खोजीका लागि बेलौरीका प्रहरी निरीक्षक कमल कुमार खड्काको कमाण्डमा खटिएको ७ जनाको प्रहरी टोली र टेडुवा प्रहरी पोष्टका असईको कमाण्डमा खटिएको चार जना प्रहरी टोलीले करिब दुई घण्टा पछि शव फेला पारेको थियो ।

४ वर्ष अघि सशस्त्र प्रहरीको जवान पदमा कार्यरत चौधरी हाल कञ्चनपुरको झलारी स्थित ३५ नम्बर गण शैलेश्वरीमा कार्यरत थिए । 

]]>
http://dhangadhikhabar.com/uploads/jawan-dth_20210916090838.jpg कञ्चनपुरको बन्धातालमा डुबेर सशस्त्र प्रहरीका जवानको मृत्यु http://dhangadhikhabar.com/news/37631
भोलिदेखि धनगढीसहित ४३ स्थानमा सुपथ मूल्य पसल http://dhangadhikhabar.com/news/37630 Thu, 16 Sep 2021 09:00:57 +0545 http://dhangadhikhabar.com/news/37630 सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । असोज १ गतेदेखि सञ्चालन हुने सुपथ मूल्य पसल कम्पनीले कार्यालय रहेका ३९ जिल्लामा ४३ स्थानमा सञ्चालन गर्ने जनाएको हो ।

सरकारले चाडपर्वको अवसरमा हरेक वर्ष दशैँ, तिहार र छठ पर्वका बेला सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले असोज १ गतेदेखि कार्यालय रहेका स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याइने जानकारी दिए ।

उनका अनुसार कम्पनीले यस वर्ष चामल, दाल, चिउरा, पिठो र तेलमा रु पाँच तथा भटमासको तेल, मासु र कर्णाली सिमीमा रु १० छुट दिनेछ । कम्पनीले काठमाडौँ उपत्यकामा खाद्यको थापाथली, रामशाहपथ, नक्खु, लगनखेल र सूर्यविनायक बिक्री केन्द्रबाट सुपथ मूल्यमा खाद्य सामग्री बिक्री वितरण हुने जनाएको छ ।

यस्तै, उपत्यकाबाहिर बनेपा, विराटनगर, बिर्तामोड, हेटौँडा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर, डडेलधुरालगायत स्थानबाट खाद्य वस्तु बिक्री वितरण हुने बताइएको छ । यस वर्ष खाद्य कम्पनीले च्याङ्ग्रा ल्याउने सम्भावना कम रहेको जनाएको छ । कोभिडका कारण कम्पनीले गत वर्षसमेत च्याङ्गाको बिक्री वितरण रोकेको थियो ।

खाद्य कम्पनीसँगै साल्ट टे«डिङ कर्पोरेसन र दुग्ध विकास संस्थान (डीडीसी) ले आफ्ना बिक्री केन्द्रमा सुपथ मूल्य पसल सञ्चालन गर्ने जनाएका छन् । यसअघि नै कोभिड सङ्क्रमणलाई ध्यानमा राख्दै उपभोक्ताको भीडभाड नहुने गरी खाद्यान्न बिक्री वितरण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तीन कम्पनीलाई निर्देशन दिइसकेको छ । असोज १ गतेदेखि सञ्चालन हुने सुपथ मूल्य पसल कात्तिक २४ गतेसम्म सञ्चालन हुनेछ ।

]]>
http://dhangadhikhabar.com/uploads/supatha-pasal-dhnn_20201011140943.png भोलिदेखि धनगढीसहित ४३ स्थानमा सुपथ मूल्य पसल http://dhangadhikhabar.com/news/37630
मुख्यमन्त्री भीम आचार्यले असोज २२ गते विश्वासको मत लिने http://dhangadhikhabar.com/news/37629 Thu, 16 Sep 2021 08:52:28 +0545 http://dhangadhikhabar.com/news/37629 नेकपा एमाले विभाजनपछि अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासकाे मत लिने हुनु भएकाे छ । नेकपा एमाले विभाजनपछि अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासकाे मत लिने हुनु भएकाे छ । हिजाे मात्रै मन्त्रिपरिषद् विस्तार गर्नु भएकाे मुख्यमन्त्रि आर्चायले असाेज २२ गते विश्वासकाे मत लिने हुनु भएकाे हाे । विश्वासकाे मत लिने याेजनामा रहनु भएका मुख्यमन्त्री आचार्यले असोज २२ गते प्रदेशसभाको बैठक समेत आह्वान गर्नु भएकाे छ ।

त्यस्तै, आर्चायले तुलसीप्रसाद न्यौपानेलाई आर्थिक मामिला तथा कानूनमन्त्री, हिराकुमार थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री, उत्तमकुमार बस्नेतलाई उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री, ज्ञानेश्वर राजवंशीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र लिलाबल्लभ अधिकारीलाई आन्तरिक मामिला तथा कानून राज्यमन्त्री नियुक्त गर्नु भएको छ ।

मन्त्री न्यौपाने र थापालाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी र राज्यमन्त्रीलाई मुख्यमन्त्री आचार्यले पद तथा गोपनीयताको सपथग्रहण समेत गराउनु भएको छ । यो सँगै मन्त्रिपरिषद् आठ सदस्यीय बनेको छ ।

]]>
http://dhangadhikhabar.com/uploads/bhim-acharya_20210826120946.jpg मुख्यमन्त्री भीम आचार्यले असोज २२ गते विश्वासको मत लिने http://dhangadhikhabar.com/news/37629
नेपाली सेनामा २४ पदमा ४६४ सिटका लागि जागिर खुल्यो (सुचनासहित) http://dhangadhikhabar.com/news/37628 Thu, 16 Sep 2021 08:42:13 +0545 http://dhangadhikhabar.com/news/37628 नेपाली सेनामा प्राविधिक सेवातर्फ जागिर खुलेको छ । नेपाली सेनामा प्राविधिक सेवातर्फ जागिर खुलेको छ । जंगीअड्डा, भर्ना छनोट निर्देशनालय कार्यरथी विभागले बिहीबार गोरखापत्रमा सूचना प्रकाशन गरेर विभिन्न २४ पदमा चार सय ६४ सिटका लागि दरखास्त आह्वान गरेको हो।

सेनाले अम मेडिकल पदमा १२२ जना मागेको छ भने सैनिक उपचारिकामा ६४ जनालाई जागिरको अवसर छ ।  सेनाले २२ जना पूजारी हुद्दा मागेको छ । त्योबाहेक भेहिकल मेकानिक्स, अमल्दार कर्मचारी,  इलेक्ट्रोनिक्स लगायत पदमा भर्ना आह्वान भएको हो । 

सेनाले खुला तथा समावेशीतर्फ महिला, आदिवासी जनजाती, मधेशी, दलित, पिछडिएको क्षेत्रका लागि आरक्षण सिटसहित आवेदन माग गरेको हो ।

सैनिक तालिम वा आफ्नो कर्तव्य गर्दा गर्दै कुनै शारीरिक चोटपटक लागेर सोही कारणबाट शारीरिक रूपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाएका नेपाली सैनिकका सन्ततीका लागि पनि आरक्षणको व्यवस्था छ । इच्छुक उम्मेदवारले बिहीबारबाट ३१ असोजसम्म दरखास्त दिन सक्नेछन् ।

No photo description available.

]]>
http://dhangadhikhabar.com/uploads/Nepal-Army1_20210916084656.jpg नेपाली सेनामा २४ पदमा ४६४ सिटका लागि जागिर खुल्यो (सुचनासहित) http://dhangadhikhabar.com/news/37628
सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना http://dhangadhikhabar.com/news/37627 Thu, 16 Sep 2021 08:33:15 +0545 http://dhangadhikhabar.com/news/37627 जल तथा मौसम विज्ञान विभागका अनुसार आज विहान देशभर सामान्यदेखि पूर्ण बदली रहँदा सातवटै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज विहान देशभर सामान्यदेखि पूर्ण बदली रहँदा सातवटै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

हाल नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिण तर्फ रहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

मौसम विश्लेषण

हाल नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिण तर्फ रहेको छ।

हाल मौसमको अवस्था 

हाल  देशभर सामान्य देखि पूर्ण बदली सहित लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशहरुका एक वा दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

]]>
http://dhangadhikhabar.com/uploads/badal-mausam-achham_20210519102236.jpg सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना http://dhangadhikhabar.com/news/37627
जिसस सदस्यको निधनमा कञ्चनपुरको शुक्लाफाटामा आज सार्वजनिक बिदा http://dhangadhikhabar.com/news/37626 Thu, 16 Sep 2021 08:27:41 +0545 http://dhangadhikhabar.com/news/37626 शुक्लाफाँटा नगरपालिकामा आज जिल्ला समन्वय समिति सदस्यको निधनमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा आज जिल्ला समन्वय समिति सदस्यको निधनमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।

नगरपालिकाको वडा नं ५ बाट वडासदस्य पदमा निर्वाचित भई जिल्ला समन्वय सदस्य बन्नुभएका बलराम पन्तको निधनमा दुःख व्यक्त गर्दै कार्यपालिकाको बैठकले बिदा दिने निर्णय गरेको हो । नगरपालिका मातहतका कार्यालय र शैक्षिक संस्थामा शोक दिवस मानाउने प्रयोजनका लागि बिदा दिने निर्णय गरिएको नगर प्रमुख दिलबहादुर ऐरले बताउनुभयो ।

पन्तको ६२ वर्षको उमेरमा शुक्लाफाँटा–५ गर्जमुनिस्थित आफ्नै निवासमा मङ्गलबार राति निधन भएको हो । उहाँ लामो समयदेखि क्यान्सर रोगबाट पीडित रहँदै आउनुभएको थियो । पन्त विसं २०५४ सालको स्थानीय निकायको निर्वाचनमा तत्कालीन पिपलाडी गाउँपालिकाको वडा नं ९ का वडाध्यक्षमा समेत निर्वाचित हुनुभएको थियो ।

]]>
http://dhangadhikhabar.com/uploads/suklaphanta-nagarpalika_0Mg05jhzU22020-06-27-08-44-46_20210618121455.2021-06-18-12-08-05 जिसस सदस्यको निधनमा कञ्चनपुरको शुक्लाफाटामा आज सार्वजनिक बिदा http://dhangadhikhabar.com/news/37626
आज, विश्व ओजोन तह बचाउ दिवस : ‘खानेकुरा र खोप दुवैलाई सही तापक्रममा राखौ’ भन्ने नाराका साथ विश्वभर मनाइँदै http://dhangadhikhabar.com/news/37625 Thu, 16 Sep 2021 08:25:30 +0545 http://dhangadhikhabar.com/news/37625 आज विश्व ओजोन तह बचाउ दिवस, खानेकुरा र खोप दुवैलाई सही तापक्रममा राख भन्ने नाराका साथ विश्वभर मनाइँदै छ। सन् १९९५ देखि यो दिवस मनाउन थालिएको हो । आज विश्व ओजोन तह बचाउ दिवस, ‘खानेकुरा र खोप दुवैलाई सही तापक्रममा राखौ’ भन्ने नाराका साथ विश्वभर मनाइँदै छ। सन् १९९५ देखि यो दिवस मनाउन थालिएको हो । पृथ्वीमा कार्बन डाइअक्साइड बढ्दै जाँदा त्यसले तापक्रम पनि बढाउँदै लगेको छ ।

यसको प्रभाव मानिसमा मात्रै होइन, पारिस्थितिक प्रणालीमा नै परेको छ । जसका कारण पृथ्वीकै आयु घट्दै गएको भन्दै विज्ञले चिन्ता व्यक्त गरेका छन् । ६ लाख वर्षयता पृथ्वीमा कार्बनडाइ अक्साइडको मात्रा निरन्तर बढिरहेको विज्ञले बताएका छन् ।

सन् १८९० देखि २०१२ सम्मको अवधिमा पृथ्वीको तापक्रम शून्य दशमलव ८५ डिग्री सेन्टिग्रेडले बढेको छ । यही अवस्था रहिरहेमा सन् २०३० सम्ममा एक दशमलव ५ डिग्री सेन्टिग्रेड बढ्न सक्ने र यो शताब्दीमा २ सेन्टिग्रेडभन्दा माथि जानसक्ने मञ्चको अनुमान छ ।

जापान, अमेरिका, भारत, रुस, ब्राजिललगायत विकसित देशले ९५ प्रतिशत कार्बन उत्सर्जन गर्दछन् । ठूलाठूला उद्योग कलकारखानाबाट निस्किएको कार्बनको असर नेपाल जस्ता विकासशील देशहरुले पनि बराबरी भोग्नु परेको छ ।

वनजङ्गल, सिमसार क्षेत्र र नदीनाला संरक्षण नै कार्बन उत्सर्जन घटाउने मुख्य उपाय हो । विश्वभरि उत्सर्जन हुने कुल कार्बनमध्ये नेपालले ० दशमलव २७ प्रतिशत मात्र उत्सर्जन गर्छ ।  

]]>
http://dhangadhikhabar.com/uploads/ozone-dewos_20210916082216.jpg आज, विश्व ओजोन तह बचाउ दिवस : ‘खानेकुरा र खोप दुवैलाई सही तापक्रममा राखौ’ भन्ने नाराका साथ विश्वभर मनाइँदै http://dhangadhikhabar.com/news/37625
यस्तो छ आजको मौसम http://dhangadhikhabar.com/news/37624 Thu, 16 Sep 2021 08:06:21 +0545 http://dhangadhikhabar.com/news/37624 आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुमा तथा बाँकि प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुमा तथा बाँकि प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी तथा सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । 

आज राती देशभर  सामान्य देखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदुर पश्चिम प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

]]>
http://dhangadhikhabar.com/uploads/Mausam_DK_20210427081859.jpg यस्तो छ आजको मौसम http://dhangadhikhabar.com/news/37624