एनसेलले ल्यायो ‘अनलिमिटेड नाइट भ्वाइस प्याक’

एनसेलले ल्यायो ‘अनलिमिटेड नाइट भ्वाइस प्याक’

एनसेलका प्रिपेड ग्राहकले अब एनसेल नेटवर्कभित्रका आफ्ना साथीभाई तथा आफन्तसँग रातिको समयमा अझै सस्ताे दरमा असीमित कुराकानीको फाइदा लिन सक्ने भएका छन् ।
 
एनसेलले ल्याएकाे ‘अनलिमिटेड नाइट भ्वाइस प्याक’ अन्तर्गत एनसेलका ग्राहकले एनसेल नेटवर्कभित्र रहेका आफ्ना साथीभाई तथा आफन्तजनहरुसँग बेलुका १० बजेदेखि बिहान ६ बजे सम्म मात्र १० रुपैयाँ (रु १२.७७ कर सहित) मा असीमित कुराकानी गर्न सक्नेछन् । 
 
यो अनलिमिटेड नाइट भ्वाइस प्याक बिहरिबार (पुस ३) देखि सञ्चालनमा रहने छ । यो प्याक सुरु गर्न चाहने एनसेलका ग्राहकले एष्ट्रिक्स१७११८एष्ट्रिक्स३ह्यास डायल गरी प्याक सुरु गर्न सक्छन् ।

त्यस्तै एसएमएसमार्फत यो प्याक सुरु गर्न ग्राहकले अंग्रेजीकोे ठूलो अक्षर ‘एनयू’ टाइप गरी १७११८ मा एसएमएस पठाउन सक्नेछन् । प्याक सुरु गरेपछि २४ घण्टाको लागि मान्य हुनेछ ।  यो अफर चैत ४ गतेसम्म सञ्चालनमा रहने छ ।