दोस्रो शिवशक्ती स्याउले कप फुटबल प्रतियोगिता हुने

दोस्रो शिवशक्ती स्याउले कप फुटबल प्रतियोगिता हुने

धनगढी : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्याउलेमा दोस्रो दोस्रो शिवशक्ती स्याउले कप फुटबल प्रतियोगिता हुने भएको छ । शिवशक्ती युवा क्लबले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै पुस १० गतेदेखि प्रतियोगिताको दोस्रो संस्करण आयोजना हुने जानकारी दिएको हो ।

हरेक दुई बर्षमा हुने प्रतियोगिताको दोस्रो संस्करणको विजेताले नगद एक लाख एघार हजार एक सय एघार तथा उपविजेताले नगद ५५ हजार पाँच सय पच्चपन्न सहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजक शिवशक्ती युवा क्लबका अध्यक्ष प्रताप सावदले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा १६ टीमको सहभागीता रहनेछ । 
प्रतियोगिताको पहिलो संस्करणको विजेताले नगद ५५ हजार र उपविजेताले नगद २५ हजार पुरस्कार प्राप्त गरेको थियो । दोस्रो संस्करणका उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार सहित सम्मान गरिने भएको छ ।

उत्कृष्ट खेलाडीलाई नगद ५ हजार, उत्कृष्ट प्रशिक्षकलाई नगद दुई हजार पाँच सय, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उत्कष्ट रक्षकलाई नगद दुई हजार प्रदान गरिने आयोजकले जनाएको छ । झण्डै दुई लाख वढी नगद पुरस्कार राशी रहेको प्रतियोगितामा झण्डै ६ लाख खर्च हुने अनुमान गरिएको शिवशक्ती युवा क्लबका अध्यक्ष प्रताप सावदले बताउनुभयो ।

खेलाडीहरुको प्रतिभा पहिचानसँगै उदमान खेलाडीहरुलाई प्लेटफर्म दिनका लागि प्रतियोगिता सञ्चालन गरिरहेको उहाँले बताउनुभयो ।